STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जोर्डनसँग नेपाल पराजित, पराजयकाे जिम्मा प्रशिक्षकले लिए

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २५, मंगलबार

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्को खेलमा भएको पराजयको जिम्मेवारी आफूले लिने बताएका छन् । उनले खेलाडीलाई पराजयको दोष नदिन पनि आग्रह गरेका छन् ।

उनले जोर्डनविरुद्धको खेलमा पहिलो हाफमा भएको एउटा गल्तीले फरक नतिजा आएको पनि बताएका छन् ।

सोमबार विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलमा नेपाल ३-० ले पराजित भएपछि प्रतिक्रिया दिँदै अलमुताइरीले पहिलो हाफमा भएको एउटा गल्तीले फरक नतिजा आएको बताएका हुन् ।

पेनाल्टी क्षेत्रमा रोहित चन्दले जोर्डनका खेलाडी लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अलमुताइरीले नेपालले गरेको उक्त गल्ती जोर्डनका लागि उपहार जस्तै भएको उल्लेख गरेका हुन् ।

यद्यपी नेपालले समग्रमा राम्रो खेलेको उनले बताए । आगामी खेलमा अझ सुधारिएको प्रदर्शन गर्ने अलमुताइरीको विश्वास छ ।

Categorized in खेलकुद