STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जापान सरकारले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ५, शनिबार

काठमाडौँ - जापान सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये शनिबार बिहान २ लाख ८ हजार ७ सय डोज खोप जहाजमार्फत काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य सेवा विभागका खोप शाखाका अनुसार १६ लाख डोजमध्ये ९ लाख खोप यसअघि नै आइसकेको र अब बाँकी रहेको खोप आगामी सोमबार नेपाल आउनेछ ।

यसअघि ल्याइएको खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ। अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने बताइएको छ ।

शुक्रबारसम्म ३७ लाख ९९ हजार १७८ जनाले कोरोना विरुद्धको पूर्ण र ४९ लाख ७ हजार ५२३ जनाले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले कोरोनाविरुद्ध भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाको खोप दिँदै आएको छ ।

खोपको दोस्रो मात्रा १२ साताभित्र लगाउनुपर्ने भएपनि भारतबाट खरिद गरेको खोप उपलब्धमा ढिलाई हुने भएकाले वैकल्पिकका रुपमा एस्ट्राजेनेकाको खोप दिइएको हो ।

Categorized in स्वास्थ्य-मौसम