जापानमा म्युजिक भिडियो र पुस्तक सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण ३, आइतबार
शिवरात्रीको दिनमा जापान देशको शिजुओका प्रान्तको फुजिनोमिया महानगरपालिकाको भवनमा प्रा. ई. नरेश महर्जनज्युले नेपाल जापान दुई देशको सुमधुर दौत्य सम्बन्ध गाँसेको ७० वर्ष पुगेको अवसरमा एउटा म्युजिक भिडियो र साहित्यकार रिता महर्जन रितुकाे जापान यात्रा संस्मरण पुस्तक विमाेचन समेत गरी दुइवटा नेपाली कार्यक्रम सम्पन्न भएको छ। जापानमा विगत ४ दशक देखि बस्दै आउनुभएका प्रा. ई. नरेश महर्जनज्युले नेपाल जापान दुई देशको सुमधुर दौत्य सम्बन्ध गाँसेको ७० वर्ष पुगेको उपलक्ष्यमा दुई देशको सम्बन्ध अझ प्रगाढ होस् भन्दै कामना सहित रास्ट्र भावले प्रेरित म्युजिक भिडियो "यो मन त जहाँ गए नी" प्रोमोशन भएको छ। जुन म्युजिक भिडियोमा राजेश हमालले मुख्य भुमिका गर्नुभएको छ याे भिडियो काे स्वयं प्रो. नरेश महर्जन हुनुहुन्छ।
फुजिनोमिया महानगरपालिकाका मेयर हिदेताडाज्युको सभापतित्वमा नेपालको नेवाः: साहित्यकार रिता महर्जन "ऋतु" को जापान भ्रमणको सिलसिलामा नेपाल भाषामा लेखिएको पुस्तक "म्हगसय् खनागु देय्" नियात्रा पुस्तक पनि सोही कार्यक्रममा मेयर हिदेताडाज्यु तथा महानायक राजेश हमालज्युको हातबाट विमोचन भएको छ ।
"फुजिनोमिया एशोशियशन फर इन्टरनेसनल रिलेशनस्" भन्ने संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा मेयर हिदेताडाज्यु सहित मन्त्री, सांसद तथा उच्च पदस्थ व्यक्तित्वहरु लगायत ३०० जनाको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ। सो कार्यक्रममा प्रोमोशन भएको म्युजिक भिडियो युट्युबमा हेर्न सकिने प्रड्युशर नरेश महर्जनज्युले बताउनु भएको छ।
Categorized in साहित्य-कला

