STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जापानका पूर्वप्रधानमन्त्री आबेको आज अन्तिम संस्कार

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २८, मंगलबार

काठमाडौं - जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार हुने भएको छ । गत शुक्रबार एक चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला गोली हानेर उनको हत्या गरिएको थियो ।

अन्तिम संस्कार गर्नुअघि शिन्जो आबेको परिवारले सोमबार निकटहरुको साथमा प्रार्थना सभा राखेको थियो । सो सभामा जापानका हालका प्रधानमन्त्री फुमिया किशिदा लगायत सहभागी भएका थिए ।

जापानको नारा शहरमा चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेलाई ४१ वर्षीय जापानी नागरिक तेत्सुया यामागामी नामका व्यक्तिले पछाडिबाट गोली हानेका थिए । गोली लागेर भुईंमा लडेका आबेको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीले ती पुरुषलाई नियन्त्रणमा लिएको छ । हत्याको कारणबारे अनुसन्धान भइरहेको छ ।

Categorized in अन्तर्राष्ट्रिय