STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जाति र जनजाति बिच विभेद कसरी भयो ?

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २४, शुक्रबार

नेपालमा पश्चिमतिरबाट खसहरु र दक्षिणतिरबाट ब्राह्मण र क्षत्रिय जातिहरुको प्रवेश भएको  थियो भन्ने कुरा उल्लेख गरिएको छ । । उनीहरुको प्रवेश हुनुभन्दा पूर्व यहाँ मंगोल र अस्ट्रेली मूलका जनजातिहरु बसोबास गर्दथे । तराईमा थारु, सतार, पूर्वीपहाडमा राई र लिम्बू बाँकी भागमा मंगोलहरु बसोबास गर्दथे पश्चिमतिरबाट आउने खसहरुले १२ औं शताब्दीमा हालको कर्णाली प्रदेशलाई (जसलाई त्यतिबेला जडान प्रदेशका नामले चिनिन्थ्यो) विजय गरे र सिंजाली राज्य बनाए भनेर बालकृष्ण पोखरेल राष्ट्रभाषामा व्यक्त गरेको छ । बालकृष्ण पाख्रेरेल खसहरुले कर्णाली प्रदेश विजय गरेको समय १२ औं शताब्दी भनेर लेखेका छन् भने ए.बी. कप्लानले प्रिस्ट एन्ड कौब्लर्स नामक ग्रन्थमाखसहरुको राज्यलाई ११ औं देखि १४ औं शताब्दीसम्मको मानेका छन् । यसै गरी प्रसिद्ध इतिहासविद् लुसियानो पेटेजले नेपालको मध्यकालीन इतिहासमा नेपालमा खसराज्य स्थापनाको समय १३ औं शताब्दीको अन्ततिर हो भनेर लेखेका छन् । जेहोस् १२ शताब्दीतिर भारतमा मुसलमानी आक्रमणका समयमा भारततर्फबाट ज्यान बचाउन भागेका हिन्दूहरु गण्डकी र कर्णालीको किनारैकिनार पहाडतिर र त्यहि समयमा नै मल्लहरु पनि दक्षिणतिरबाट काठमाडौं आए । यी हिन्दू र मल्लहरु काठमाडौं आउनुपूर्व यहाँका बासिन्दाहरु (आदिवासी) पनि उत्तरबाटै नेपाल भित्रिएका जाति थिए । मन्जुश्री यसका उदारण हुन ।   यसरी उत्तर र दक्षिणतिरबाट नेपाल पसेका जातिहरुले यहाँका जनजातिहरुलाई हिन्दू र बौद्ध धर्ममा दीक्षित गर्न थाले । यहाँका नेवारहरु सुरुमा बौद्ध धर्मालम्बीथिए । मल्ल राजाहरुले उनीहरुलाई हिन्दू बनाए । पश्चिमतिरबाट आएका जातिले १५ औं शताब्दीमा लमजुङका राजालाई अपदस्थ गरिदिए भने दक्षिणतिरबाटआएका सेनहरुले मगर राजाहरुलाई हराएर शासन गर्न थाले । यसरी भारतको धर्म, रीतिरिवाज र अर्थ व्यवस्थाले ज्ञान लिएर आएका जातिहरुले यहाँ हैकम जमाउन सफल भए । उनीहरुले आफू श्रमसमेत नगर्ने हुँदा त्यसका लागि भारतबाटै अछुत जातका श्रमिक, शिल्पकार, तथा किसानहरुलाई समेत नेपाल भित्रयाए । यसरी हिन्दू जातिहरुले आफ्नो जताततै राज्यविस्तार गर्नुका साथसाथै आफ्नो पनि स्थिति मजबुत पार्दै लगे । पूर्वमा मुकुन्द सेनले विजय गरिसकेका थिए भने गोरखामा पनि मगर राज्यलाई विस्थापित गरियो । यसरी तामाङ, राई, गुरुङ र मगर जातिहरुको राज्यसत्ता उनीहरुको हातबाट छिनियो भने पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानबाट बचेकुचेका धिमाल खुम्बु र लिम्बूवानहरुको राज्यभत्ता पनि समाप्त भयो । यस प्रकार नेपालका हिन्दूहरुका सम्पर्कमा रहँदा बस्दा उनीहरुले आफ्ना भाषा, धर्म, संस्कृति, आदि पनि गुमाउँदै गए ।
Categorized in विचार