STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जसपाले आफ्नै नेतृत्वको सरकारका लागि पहल गर्ने

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २९, शनिबार

काठमाडाैँ – जनता समाजवादी पार्टी, नेपालभित्र सरकारको नेतृत्व गर्नेगरी दाबेदारी प्रस्तुत गर्ने बारे छलफल भएको छ । शुक्रबार जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले सरकारको नेतृत्वमा दाबेदारी प्रस्तुत गर्ने विचार प्रस्तुत गरेका हुन् ।

जसपा, नेपालका नेता राजकिशोर यादवले देशमा देखिएको समस्या समाधान गर्न अहिलेका राजनीतिक दलहरु असफल भएको भन्दै प्रधानमन्त्रीको लागि पहल कदमी लिनुपर्ने विषयमा छलफल भएको बताए । उनले भने – ‘अहिले जुन प्रकारको राष्ट्रिय लेभलमा जुन प्रकारको समस्या देखा परेको छ । त्यो समस्या समाधान गर्न यी दलहरु बारम्बार प्रयोग भए, असफल भए । त्यसैले अब यो ऐतिहासिक कार्यभारको नेतृत्व जसपा लिन तयार रहनुपर्छ र जसपा त्यसको लागि पहलकदमी गर्नुपर्छ भन्ने कोणबाट हामी बहस थालेका छौँ ।’

शुक्रबारको संसदीय दलको बैठकमा दलको विधानको बारेमा छलफल भएको तथा बिहीबार नेताहरुले प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा ब्रिफिङ गरेको पनि नेता यादवले जानकारी दिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक काम गर्ने प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने आफुहरुको स्पष्ट अडान रहेको पनि बताए । संघीयता, लोकतन्त्र र परिवर्तनका पक्षधर शक्तिहरुसँग मात्रै आफुहरुको सहकार्य र समन्वय हुने उनले स्पष्ट पारे ।

उनले भने – ‘प्रतिगमनकारी शक्ति सँग, लोकतन्त्र बिरोधी, संघीयता बिरोधी शक्तिसँग कुनै किसिमको राजनीतिक सहयात्रा, सहकार्य हुन सक्दैन । क्लियर छ हाम्रो यसमा । हामी संघीयता पक्षधर, लोकतन्त्रका पक्षधर, परिवर्तनका पक्षधर शक्तिहरुको बीचमा सहकार्य, समन्वय र समाजस्य गरेर मुलुकलाई निकाश दिनुपर्दछ र अहिलेको आवस्था भन्ने हो भने सर्वोच्च अदालतले समेत प्रधानमन्त्रीले असंवैधानिक कार्य गर्यो भनेर ठहर गरिसकेपछि संविधान उल्लंघन गर्ने कार्यकारिणी प्रमुखले आफ्नो पद त्याग्नु पर्छ भन्ने स्पष्ट अडान हाम्रो पार्टीको रहेको छ ।’

जसपाले सत्ता समिकरणको विषयमा सबै राजनीतिक दलहरुसँग छलफल तथा परामर्श गरिरहेको छ । यस्तै संसदीय दलको विधान स्वीकृत भइसकेपछि मात्रै संसदीय दलको नेता चयन हुने पनि अध्यक्ष यादवले बताए।

Categorized in राजनीति