STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जसपाबाट उपेन्द्र बने चौथो उपप्रधानमन्त्री, बरियतामा को अगाडि ?

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २७, आइतबार

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिमण्डल २२ सदस्यीय पुगेको छ। 

आज जनता समाजवादी पार्टी नेपालका दुई नेतालाई मन्त्री नियुक्त गर्दै प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रिमण्डल २२ सदस्यीय पुगेको हो। जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्।

यादव उपप्रधानमन्त्री नियुक्त हुँदा प्रचण्डको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ। यसअघि नै  नेकपा एमालेका रघुवीर महासेठ, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानमन्त्री नियुक्त भएका थिए। 

जसपाका दुई मन्त्रीलाई शपथ गराएपछि राष्ट्रपति कार्यालयले जारी गरेको मौजुदा मन्त्रिमण्डलको सूचीमा उपेन्द्र यादव नयाँ मन्त्रिमण्डलको वरीयताक्रमको पाँचौ नम्बरमा छन्। त्यसमा पनि उपप्रधानमन्त्रीको मर्यादाक्रममा भने उनी अन्तिममा छन्। 

प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलको उपप्रधानमन्त्रीमा पहिलो वरीयताक्रममा एमाले सचिव रघुवीर महासेठ छन्। उनले उपप्रधान एवमं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

त्यस्तै दोस्रो वरीयताक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन्। उनले उपप्रधान तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

तेस्रो वरीयतामा भने रास्वपाका सभापित रवि लामिछाने छन्। उनले उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। चार उपप्रधानमन्त्रीको सूचीमा उपेन्द्र यादव भने अन्तिममा छन्। उनले उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

त्यस्तै जसपाबाटै मन्त्री बनेका नवलकिसोर साह सुडी वरीयताक्रमको पुच्छारमा छन्। उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

Categorized in राजनीति