STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जबर्जस्ती करणीका आरोपी पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बाजुराले अमरबहादुर धामीलाई पक्राउ गरेको छ । प्रहरीले बाजुराको खप्तड छेडदह गाउँपालिका–४ गुदुखातीका १८ वर्षीय धामीलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार जेठ ८ गते साँझ ५ बजेतिर आरोपी धनबहादुर धामीले ११ वर्षीय नाबालिकालाई घरमा कोही नभएको अवस्थामा गोठमा लगेर जबर्जस्ती करणी गरेर फरार भएको उनका बुबाले बतएका छन् ।
नाबालिकाका बुबाले उक्त घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरीले आरोपी धामीको खोजी शुरु गरेको थियो । जबर्जस्ती करणी गरेर फरार धामीलाई खोजी गर्दा सोही वडाकै भगाड भन्ने ठाउँंमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएको छ ।
पक्राउ परेका धामीलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । अहिले पक्राउ परेका धामी जिल्ला प्रहरी कार्यालय बाजुराको नियन्त्रणमा छन् ।
गएको कात्तिकदेखि हालसम्म बाजुरामा सात जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । तीमध्ये कुनै पनि अपराधी फरार नभएको र सबै अपराधीलाई प्रक्राउ गरेर मुद्दा चलाइरहेको जिल्ला प्रहरी कार्यलय बाजुराले बताएको छ ।  
Categorized in अपराध-दुर्घटना