STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जन्तेढुङ्गा गुनासोरहित गाउँपालिका बन्दै

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १९, आइतबार

जन्तेढुङ्गा गाउँपालिकाका स्थानीयवासी एवं सरोकारवालाले गाउँपालिकाले योजना छनोट गर्दा दिगो विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन् । गाउँपालिकाले शनिबार चिसापानीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले दिगो विकासले मात्र जनताको जीवनस्तर माथि उठ्ने औल्याए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य वीरवल किराँतीले आगामी दिनमा योजना छनोट गर्दा जनताको आधारभूत विषयवस्तुलाई आधार मान्नुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेस गाउँपालिका उपसभापति प्रीतिराज भट्टराईले आगामी दिनमा दीर्घकालीन योजना छनोट गर्न सुझाव दिँदै यस्ता योजनाले मात्र जनताको जीवनस्तर माथि उठ्छ भन्नुभयो । चिसापानीस्थित हाटडाँडामा भएको सो कार्यक्रममा समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठले देशमा सङ्घीयता लागू भएपछि बजेट अधिक मात्रामा आए पनि दिगो विकास हुन नसकेको आरोप लगाउनुभयो । स्थानीय शिक्षक सीताराम कार्कीले गाउँपालिकाको लगानी उपयुक्त ठाउँमा नभएको जिकिर गर्नुभयो । छ वडा रहेको उक्त गाउँपालिकाका सबै वडाध्यक्ष तथा गाउँपालिका प्रमुखले गत साउनदेखि पुस मसान्तभित्र आफूले गरेको प्रगति विवरण पेश गर्नुभएको थियो । गाउँपालिकामा आएको रु २८ करोड ८४ लाख ८६ हजार बजेटमध्ये ३३ दशमलव ६६ प्रतिशत खर्च भएको र आगामी आर्थिक वर्षको मसान्तसम्म खर्च गरिसक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो । गाउँपालिका प्रमुख शङ्करबहादुर राईले आगामी दिनमा सबैको समस्या समाधान गर्दै गुनासोरहित गाउँपालिका बनाउनेतर्फ आफूहरु गम्भीर रहेको बताउनुभयो । “गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी छैनन्”, उहाँले भन्नुभयो, “कर्मचारी अभाव भए पनि जनताको काम र विकास निर्माणमा असर पु¥याएका छैनौँ । आगामी दिनमा सबै समस्या समाधान गर्नेगरी गाउँपालिकाको तर्फबाट योजना निर्माण गरिरहेका छौँ ।” सो अवसरमा वडा नं ५ घोरेडाँडास्थित पृथ्वी आधारभूत विद्यालयलाई गाउँपालिकाभित्र सञ्चालित ३६ विद्यालयमध्ये सबैभन्दा उत्कृष्ट रहेको जनाउँदै प्रोत्साहनस्वरुप नगद रु पाँच हजार १११ सहित कदरपत्रले सम्मान गरिएको थियो ।
Categorized in रोचक