STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जनजाति र राष्ट्रिय एकीकरण

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १७, मंगलबार

आजको नेपाल कसले बनायो ? भाषा र शिल्प, संगीत र नृत्य, धर्म र विश्वास, देश र जनता कूटनीति र एकता, भूगोल, इतिहास निर्माण गर्दै जसले चरित्र सिकायो उनै खम्बारुपी पृथ्वीनारायण शाहको एकीकरणलाई आजका जनजातिहरुले भौतिक एकीकरण मात्र ठान्छन् र भन्छन्, भावानत्मक हिसाबले भएकै छैन । पृथ्वीनारायण शाहको दिव्य उपदेशको चार वर्ण छत्तीस जातको साझा फूलबारी भन्ने वाक्यलाई पनि आजका जनजातिहरुले आफूहरु वर्णाश्रम व्यवस्थाभित्र नपरेका कारण त्यो साझा फूलबारीभित्र आफूहरु नपर्ने भन्दै उक्त दिव्य उपदेशकै खिल्ली उडाइरहेका छन् भारत स्वतन्त्र भएपटि नेहरु सरकारले त्यहाँ जसरी जनजाति र भाषाभाषीका आधारमा प्रान्तीय विभाजन गर्ने कार्य ग¥यो त्यसैले प्रतिफल कुनै पनि भारतीयलाई तिम्रो घर कहाँ हो ? भनेर सोध्यौँ भने उसले हिन्दूस्तान नभनेर या त बिहार भन्ला, या त तमिल भन्ला, या त यु.पी. भन्ला, या त गुजाराती भन्ला, या त सिक्किम भन्ला, तर हिन्दूस्तानी अथवा भारतीय हुँ भनेर भन्दैन तर हामीहरुलाई जसले जहाँ सोधे पनि पहिलो प्रश्नमै जवाफ दिन्छौँ, नेपाली भनेर । त्यसपछि मात्र जिल्लाको नाम बताउँछौ । पृथ्वीनारयण शाहले एकीकरण गर्नुपूर्व यति सानो मुलुक पनि कर्णाली प्रदेश बाइसी, गण्डकी प्रदेश चौबिसी, उपत्यकाका तीन मल्लराज्य, पूर्वका तीन सेन राज्य गरी ५२ राज्यमा विभक्त थियो । ती बाइसी राज्यहरु, पनि कहिले बढ्ने र कहिले घट्ने गरिरहन्थे । नेपाल एकीकरण बेलासम्म त बाइसी राज्यहरु तीस वटा र चौबिसै राज्यहरु २६ वटाभइसकेका थिए । ती सबैका छुटछुट्ै राजधानीसमेत थिए ।यो मुलुकको एकीकरण नभइदिएको भए आज हामीहरुले पनि कसैले जुम्ली भन्थ्यौं, कसैले सल्यानी, कसैले छिल्लिकोटे भन्थ्यौं होला या यस्तैयस्तै केही भन्थ्यौं होला तर आजा हामी समस्त नेपालीले शिर ठाडो पारेर भन्छौं हामी नेपाली हौं । यस्तो भन्न सक्ने कसले बनायो ? निश्चय नै त्यो बनाउने पृथ्वीनारायण शाह नै हुन् तर जनजजातिहरु भने एकीकरण सवालमा समेत पूर्वग्रही देखिन्छन् । पृथ्वीनारायण शाहले एकीकरणको सिलसिलामा कसैलाई पनि काखा र पाखा गरेनन् । यदि गरेका हुन्थे भने मकवानपुरका अन्तिम राजा दिग्धवन्धन सेन जो स्वयं पृथ्वीनारायण शाहका जेठान थिए त्यहाँ उनले आक्रमण गर्ने थिएनन् तर उनले जेठान नभनी मकवानपुरलाई समेत एकीकरको छातामुनि ल्याउने काम गरे । उनले भाइहरु खुसी पार्ने, ससुराली रिझाउने र किराँतहरुलाई नचिढाउने नीति लिएका भए एकीकरण अधुरै रहन्थ्यो र आजको नेपाल बन्नै नै थिएन । पृथ्वीनारायण शाहले एकीकरणलाई भौतिक एकीकरणमात्र ठान्ने जनजातिहरुले बेलाबेलामा के पनि भन्ने गर्दछन् भने पजस्ृथ्वीनारायण शाहले किराँत प्रदेश (लिम्बुवान र खुम्बुवान) समेत विजय गर्दै पूर्वमा तमोर खोलासम्म पुगेर जनजातीय अधिकार खोसे । उनीहरु आफ्नो राज्यलाई बिर्ता नै ठान्दथे । यही विषयलाई लिएर नेपालका जनजातिहरु खास गरेर पूर्वका किराँतहरु एकीकरणको नामसँगै आक्रोशित छन् । साँच्चै भन्ने हो भने पृथ्वीनारायण शाहले किराँत प्रदेश विजय गरेपछि पनि त्यहाँका दसथरे सुब्बालाई केही किपट, नगरा, निसान र यस्तै अन्य सुविधा प्रदान गरेका थिए । जस्तै दसैंमा आ आफ्ना रैतीका घरमा काटिने बोका र खसीको फिलो, जिन्सी वा नगद, माझँ किराँतका जमिन्दारले रैतीबाट बेठगार र दसैं सिसार आदि उठाउने सुविधा पाएका थिए जो अन्य पराजित राज्यहरुले पाएका थिएनन् । पृथ्वीनारायण शाहका जेठान दिग्बन्धन सेनले समेत त्यस्तो कुनै सुविधा पाएका थिएनन् तर पनि जनजातिहरुले अर्घेलो नै ठान्छन् । चार दर्जनभन्दा बढी राज्यमा विभाजित भई कमजोर भएको र एकापसमा युद्ध, आक्रमण, लडाइँझगडा मात्र गरिरहने विखण्डित राष्ट्रलाई एकीकरण गरेर विशाल नेपाल बनाउने श्रेय पाएका पृथ्वीनारायण शाहसमेत जनजातिका आँखामा मोतियाबिन्दु भएका छन् भने यो मुलुकमा कसले जस पाउने ? कसलाई असल भन्ने ?यस्तो निरर्थक विवाद नेपाल र नेपालीकै लागि दुर्भाग्य हो । कहिलेसम्म यस्तै कुरामात्र गरिरहने ?
Categorized in विचार