STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

जनजाति महासंघद्वारा ३ नम्बर प्रदेश मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र

Janjati Khabar – जनजाति खबर | २०७५ माघ २९, मंगलबार

नेपाल आदिवासी जनजाति महासंघ नेवाः–ताम्सालिङ (प्रदेश नम्बर ३) समन्वय परिषदले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

महासंघका प्रदेश संयोजक काजीमान थिङ तामाङको नेतृत्वमा गएको टोलीले सोमबार मुख्यमन्त्री पौडेललाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाएको हो ।

आदिवासी जनजातिको आत्मनिर्णित विकासको आकाङ्क्षा अनुरुप आदिवासी जनजातिमैत्री विकासका नीति र कार्यक्रमहरु संघको १५ औं पञ्चबर्षिय योजना र प्रदेशको नीति, योजना र कार्यक्रममा समावेश गर्न माग गर्दै महासंघ नेवाः–ताम्सालिङ समन्वय परिषदले २० बुँदे ज्ञापनपत्र बुझाएको हो ।

तथ्याङ्क, समावेशीकरण, सामाजिक साँस्कृतिक विविधता, गरिबी निवारण तथा असमानता न्यूनीकरण, श्रम तथा रोजगारी, सभ्य तथा न्यायपूर्ण समाज, सामाजिक क्षेत्र, स्वास्थ्य तथा पोषण, पूर्वाधार क्षेत्र लगायतमा आदिवासी जनजातिमैत्री विकासका नीति र कार्यक्रम ल्याउन महासंघले संघीय र प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।

टोलीमा नेपाल आदिवासी जनजाति महासंघका मकवानपुर सहसचिव जंगबहादुर गुरुङ्ग, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका मकवानपुरका उपाध्यक्ष अशोकसुजन श्रेष्ठ, प्रदेश पार्षद दिलबहादुर लामा लगायतको सहभागिता रहेको थियो ।

Categorized in राष्ट्रिय