STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १०, मंगलबार

काठमाडौं - जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी १३ हजार ४६५ मत ल्याई विजयी भएका छन्।  निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शिवशंकर साहलाइ ३ हजार ९३३ मतान्तरले मनोजले पराजित गरेका हुन् । पराजित शिवशंकर साहले ९ हजार ५३२ मत ल्याएका छन्।

गठबन्धनबाट कांग्रेसले जनकपुरमा मेयर नपाउने भएपछि मनोजले  स्वतन्त्र उम्मेदवारी दिएका थिए। जितपछि प्रतिक्रिया दिँदै उनले आफूलाई कांग्रेसले नै जिताएको भन्दै पार्टीले उम्मेदवार उठाउँदा गल्ती गरे पनि मतदाताले न्याय दिएको उल्लेख गरे।

गठबन्धनबाट टिकट नपाएपछि कांग्रेसको साधारण सदस्यबाट समेत राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई नेता विमलेन्द्र निधिको टिमले मद्धत गरेको थियो। गठबन्धनबाट जनकपुरधामको प्रमुख पदमा जसपाका लालकिशोर साहलाई टिकट दिएपछि कांग्रेसका नगर साभापतिसमेत रहेका साहले उम्मेदवारी दिएका हुन्।

यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह १५ हजार ५२५ मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत ल्याएकी छन्।

गठबन्धनका उममेदवार निवर्तमान मेयर लालकिशोर साहले चौथो स्थानमा चित्त बुझाउनु परेको छ। गठबन्धनका तर्फबाट जसपाका साहले ५ हजार १ सय ९४ मत ल्याए । उनीभन्दा अगाडि रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए।

जनकपुरधाम उपमहानगरपालिकाका २५ मध्ये अधिकांशमा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन्।

Categorized in राजनीति