STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छैटौं ‘निफ’मा जुरी कमिटीमा अमेरिकाका जेफ मोना हान पनि

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण ४, बिहिबार

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुन लागेको छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को जुरीमा अमेरिकाका जेफ मोनाहान मनोनित भए संगै ‘जुरी’ ले पूर्णता पाएको छ ।

पछिल्लो पटक फिचर फिल्म तर्फको जुरीमा अमेरिकाका जेफ मोनाहान मनोनित भएका हुन् । उनी खासगरी अभिनेता, लेखक र निर्माता हुन् । उनका कयौं सृजनाहरु विश्व प्रसिद्ध छन् । यसरी जेफ मोनाहानको मनोनयनसँगै फिचर फिल्म तर्फको जुरी कमिटीले पूर्णता पाएको छ । यसअघि यस विधाको प्रमुखमा भारतीय फिल्मका प्रसिद्ध समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा चर्चित अभिनेत्री प्रियंका कार्की मनोनित भइसकेका छन् ।

त्यसैगरी छोटा तथा बृत्तचित्र तर्फको जुरीमा प्रा. डा. इतामी बोर्जन मनोनित भएकी छन् । उनी प्रख्यात फिल्म विशेषज्ञ र शिक्षाविद् हुन् । क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा उनले धेरै वर्षदेखि एथनोग्राफिक, डकुमेन्ट्री, विश्व सिनेमाको इतिहास र सिद्धान्त पढाउँदै आएकिछन् ।प्रा.डा. इतामी बोर्जनको मनोनयनसँगै छोटा तथा डकुमेन्ट्री फिल्म तर्फको जुरीले पनि पूर्णता पाएको छ । यसअघि यस विधाको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन प्रा. ली रान र सदस्यमा माया एकेडेमीका इन्द्र लाल बलामीमनोनित भइसकेका छन् ।

यस बर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५  लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । ‘निफ’मा एक दर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने कुरा आयोजक संस्थाका अध्यक्ष के.पी. पाठकले बताएका छन् ।

Categorized in सिनेमा