STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छानविनमा प्रभाव पार्ने कोहीलाई पनि छाड्दिन : गृहमन्त्री लामिछाने

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २८, बिहिबार

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध छानबिनमा प्रभाव पार्न खोजे जुनसुकै दलका मान्छे भए पनि कारवाही गर्ने बताएका छन् ।

बिहीबार आफू निर्वाचित जिल्ला चितवन पुगको मन्त्री लामिछानेले मुलुकको सुशासनका लागि कुनै पनि कसुर नराख्ने जिकिर गरे ।

अफूलाई कुनै पनि दल वा दलका व्यक्तिले आफ्नो मान्छे भएकाले छोडिदिन आग्रह गरे उसैलाई कारवाही गर्न सकिने उल्लेख गरे ।

‘कुनै पनि दलले अवराध अनुसन्धानमा बाधा पुर्‍याउने, मेरो मान्छे छोडिदेउ भनेके सुन्न पर्दैन । बरु त्यस्तो भनेको प्रमाण ल्याउनु भयो भने भन्ने मान्छेलाई पनि कानुनी दायरामा ल्याउन सकिन्छ,’ उनले भने ।

उनले निर्वाचन अगाडि आफूले गरेका प्रतिबद्धता नभुलेको पनि चर्चा गरे । आफूले जतिसक्दो राम्रो गर्न तर नराम्रो एउटा पनि नगर्ने संकल्प उनले गरे ।

‘राम्रो कति गर्न सक्छु थाहा छैन । तर नराम्रो एउटा पनि गर्दिन,’ उनले भने, ‘कति दिन, महिना वर्ष रहन्छु थाहा छैन।’

मन्त्री लामिछानेले आफू सफा हात बोकेर मन्त्रालय छिरेको र सफा हात लिएर बाहिर निस्किने जनाए ।

Categorized in राजनीति