STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चेल्सी सम्हालिन नसक्दा ४-१ ले पराजित अन्तिममा 

Janjati Khabar – जनजाति खबर | २०७४ माघ २३, मंगलबार

२३ माघ। इङ्गलिस प्रिमियर लिग फुटबलमा चेल्सी वाटफोर्डसँग ४-१ ले पराजित भएको छ ।

४२ औं मिनेटमा पाएको पेनाल्टीमा ट्रोय डीनीले गोल गर्दै वाट्फोर्डलाई सुरुवाति अग्रता दिलाएका थिए । ८२ औं मिनेटमा इडन हजार्डले चेल्सीका लागि बराबरी गोल फर्काए ।

८४ औं मिनेटमा डेलर यानमार्टले गोल गर्दै वाट्फोर्डलाई अग्रता दिलाए । ८८ औं मिनेटमा जेरार्ड डेलोफेउ तथा इन्जुरी समयको पहिलो मिनेटमा रोबर्टो पेरेराले गोल गरेपछि वाट्फोर्ड ४-१ ले विजयी भयो ।तर, अन्तिम समयमा चेल्सी सम्हालिन नसक्दा लगातार तीन गोल खायो । वाट्फोर्डले खेलको अन्त्यतिर ६ मिनेटभित्र तीन गोल गरेको हो । पहिलो हाफमै चेल्सीका बाकायोको रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० जनामा खेलाडीमा सीमित भएको चेल्सी दबावमा परेको थियो । जितपछि २६ खेलबाट ३० अंक बटुलेको वाट्फोर्ड तालिकाको ११ औं स्थानमा छ । चौथो स्थानको चेल्सीको भने ५० अंक छ । २६ खेलबाट ६९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । ५६ अंकसहित म्यान्चेस्टर युनाईटेड दोस्रो र ५१ अंकसहित लिभरपुल तेस्रो स्थानमा छन् ।
Categorized in खेलकुद