STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चुनिखेलमा यःमरि महोत्सव र नेपालभाषाको कविता गोष्ठी

Janjati Khabar – Janjati Khabar | २०८० पौष १०, मंगलबार

काठमाडौं - यःमरि पूर्णिमा ११४४ को उपलक्षयमा बुढानिलकण्ठ नगरपालिका, वडा नं. १३ को आयोजनामा चुनिखेलमा "यःमरि महोत्सव" भइरहेको छ । चुनिखेल १३ वडा कार्यालय परिसरमा भइरहेको "यःमरि महोत्सव"को अवसरमा आज मंगलबार एक कवि गोष्ठी सम्पन्न भएको छ ।

नेपालभाषाका कवयित्रीहरू आबद्ध संस्था 'कविताया लाय्‌कू'का कवियत्रीहरू रजनी मिला, सविना महर्जन, रेहेना नकःमि, मिमला शर्मा राजोपाध्याय र बिना नेमकूलले कवि गोष्ठीमा कविता वाचन गरेका थिए । गोष्ठीमा कवि स्नेह साय्‌मिका साथै बुढानिलकण्ठ नगरपालिकाया उपप्रप्रमुख अनिता लामाले पनि नेपालभाषामै कविता गरेका थिए । साथै, नेपाल टेलिभिजनया प्रबन्धक फुलमान बलले पनि गोष्ठीमा कविता पाठ गरेका थिए ।

चुनिखेल वडा नं. ३ का वडाध्यक्ष तिकेशनारायण श्रेष्ठले गोष्ठी संचालन गर्दै आफ्नो वडामा नेवार म्युजियम बनाउने योजना रहेको जानकारी समेत दिनुभयो ।

महोत्सवमा नेवार सरसामान, बाजागाजाका साथै नेवार खानाको स्टल राखिएको छ ।

पाँचदिने महोत्सवको समापन भोलि बुधबार हुँदैछ ।

 

Categorized in उपत्यका