STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चीनमा अनलाइन म्युजिक प्रयोगकर्ता अत्यधिक

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १९, आइतबार

बेइजिङ, चीन,  अनलाइनबाट संगीत सुन्ने चिनियाँको सङ्ख्या सन् २०१८ को अन्त्यसम्ममा ५७ करोड ६० लाख पुगेको चीनको इन्टर्नेट विकाससम्बन्धी शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चीनमा अनलाइनमार्फत दर्ता भएको जनसङ्ख्याको ६९.५ प्रतिशत जनताले संगीतका लागि अनलाइन मा निर्भर हुन थालेका तथ्याङ्कले बताएको छ । तथ्याङ्क अनुसार झण्डै ५५ करोड ३० लाख मानिसले संगीतका लागि मोबाइलको प्रयोग गरेका पाइएको छ । यो अघिल्लो बर्षको तुलनामा आठ प्रतिशत वृद्धि हो । चीनको अनललाइन म्यूजिक बजारका कारण संगीतलाई वैधानिक तरिकाले सुन्न सकिएको र यसबाट संगीतकार, सर्जक तथा गायकको कपिराइट्स अधिकारलाई कार्यान्वयनमा लान सहज बनेको अनलाइन म्युजिक विकासका लागि काम गर्दै संस्थाले जनाएको छ । अनलाइनबाट म्युजिक सुन्दा घरेलु नेटइज क्लाउड म्युजिक र टेन्सेन्ट म्युजिकजस्ता कम्पनीले पनि प्लेटफर्म पाएका बताइएको छ । अन्तर्राष्ट्रिय फोनोग्राफिक इन्डस्ट्री फेडेरेसनलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, “९६ प्रतिशत चिनियाँ संगीत प्रयोगकर्ताले वैधानिकरूपमा संगीत सुन्ने गरेको छ जवकी विश्वमा औषत ६२ प्रतिशत संगीत पारखीले मात्र कानूनसम्मत हिसाबले संगीत सुन्ने गरेका छन् ।” (रासस÷सिन्ह्वा)

Categorized in अन्तर्राष्ट्रिय