STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चिनियाँ विशेष टोलीले भेट्यो दाहाल, नेपाल र ओलीलाई

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १३, सोमबार

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टीबाट नेपाल भ्रमणमा आएको टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटेको छ । दाहाललाई उनको निवास खुमलटारमा र नेपाललाई बानेश्वरस्थित एभरेस्ट होटलमा भेटेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोलीले दाहाललाई भेटेपछि नेपाललाई भेट्न बानेश्वर पुगेका थिए।

भेटमा पछिल्लो विकसित राजनीतिक विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ । टोलीले आज नै वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट्ने बताइएको छ ।

एयर चाइनाको चार्टर विमानबाट काठमाडौं उत्रनासाथ आइतबार चिनियाँ दूतावासमा राजदूत हाउ यान्छीबाट वस्तुस्थिति ‘ब्रिफिङ’ लिएर उपमन्त्री येचौको टोली शीतलनिवासमा राष्ट्रपति भण्डारीलाई भेट गर्न पुगेको थियो ।

टोलीले आइतबार नै कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेको थियो । ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजन भएको नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टी अहिले सक्रिय बनेको छ ।

Categorized in राजनीति