STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चितवन खबर पत्रिकाले राजधानीमा मनाए वार्षिकोत्सव

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आषाढ १२, मंगलबार

चितवनको सञ्चार क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल मोफसल कै चर्चित पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो  १२ ओँ वार्षिकोत्सव काठमाडौँमा एक भव्य कार्यक्रम गरेर मनाएको छ । चितवनका सकृय सन्चारकर्मि हरि कार्की लकिको नेतृत्वमा स्थापित लक्की मिडिया हाउसबाट छापा पत्रकारिताको क्षेत्रमा एक दशकभन्दा अगाडि देखि अनवरत रूपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका हो ।  यस प्रकाशनबाट छापासंगै अहिले इचितवन खबर अनलाइन प्रकाशन पनि हुँदै आएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको थियो ।वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि सुशील कोइराला मेमोरियल फाउण्डेशनका सदस्य सचिव ई. अतुल कोइरालाले विभिन्न चुनौतीका बीच पत्रकारितालाई नियमित गरेको भन्दै चितवन खबर पत्रिकाको  प्रशंसा गर्नुभएको थियो । उहाँले समाजलाई सकारात्मक रुपान्तरणका लागि मिडियाको महत्वपूर्ण भुमिका हुने भएकाले चितवन खबर पत्रिकाको थप सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रमको बिशिष्ट अतिथि नेपाली चलचित्र जगतकी पहिलो महिला विशिष्ट हास्य अभिनेत्री बसुन्धरा भुषालले नियमित प्रकाशनमा रहेको चितवन खबर पत्रिकाको थप निरन्तरताको लागि शुभकामना दिनुभयो ।

नेपाली चलचित्र जगतका चर्चित अभिनेता तथा निर्देशक सरोज खनालले मिडियाले कला र कलाकारलाई सधैं माया गर्दै आएको भन्दै मिडिया र कलाकारिता बीच सधैं नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताउनुभयो । उहाँले विगत एक दशकदेखि देशको समग्र आर्थिक, सामाजिक, राजनैतिक रूपान्तरण खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताउनुभयो । आगामी दिनमा पत्रिकाले सामाजिक उत्तरदायित्वका साथै आवाज विहीनको आवाजको रूपमा सदैव स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली चलचित्र जगतका चर्चित सदावहार अभिनेत्री करिश्मा मानन्धरले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसूचित गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पत्रिकाले विकृति विसङ्गतिलाई चिर्दै समाजको ऐनाको रूपमा भूमिका निर्वाह गरेर अघि बढ्नुपर्ने भन्दै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

नेपाली सांगितिक क्षेत्रका चर्चित बरिष्ठ गायक आनन्द कार्कीले पत्रिकालाई शुभकामना दिंदै पत्रकारिताको जगतबाट चितवन खबरले समाजमा पुर्याएको योगदान प्रशंसा गर्नुभयो ।

कार्यक्रममा समाजसेवी नारायण अधिकारीलाई सम्मान गरिएको छ । अधिकारीले नेपालका विभिन्न क्षेत्रमा सामाजिक कामका लागि सहयोग गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकाहरुलाई र असक्त वृद्धवृद्धाहरुका लागि अधिकारीले बिभिन्न समयमा सहयोग गर्दै आउनुभएको छ ।

कार्यक्रमको सभापति एवम् पत्रिकाका निर्देशक गोबिन्द राज पाण्डेले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिष्कृत र परिमार्जन गर्दै लैजाने र पत्रिकालाई यहाँसम्म ल्याई पुर्‍याउने समस्त पाठक, शुभेच्छुक विज्ञापनदाता प्रति पाण्डेले आभार प्रकट गर्नुभयो । निर्देशक गोविन्द राज पाण्डेले जस्तोसुकै विषम परिस्थितिमा पनि पत्रिकाले आफ्नो व्यावसायिक धर्म निर्वाह गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा लक्की मिडिया हाउस चितवनको टिम लगायत नागरिक अगुवा , पत्रकार, शुभेच्छुक, विज्ञापनदाता लगायतको उपस्थिति रहेको थियो । चितवन खबर पत्रिका सँगै अनलाइन संस्करण इ चितवन खबर डट कम मार्फत पनि सूचना समाचार सम्प्रेषण गर्दै आएको छ । अाफ्नो बार्हौं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्र र समाजका विविध क्षेत्रमा योगदान पुर्याउनु हुने व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

Categorized in साहित्य-कला