STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चितवनमा ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड' असोज २५ गते हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन ७, आइतबार

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड-२०८० तथा सम्मान कार्यक्रम’ असोज २५ गते हुने भएको छ । भरतपुरको सिजी ल्याण्डमार्कमा रहेको चितवन सिनेप्लेक्समा बिहान ११ बजेदेखि हुने कार्यक्रममा देशभरबाट विभिन्न विधाका दुई दर्जन कलाकार सहित स्थानीयस्तरमा उत्कृष्ट काम गरेका व्यक्तिहरुलाई सम्मानित गरिने जनाइएको छ ।

आयोजक संस्था लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले अवार्डमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट चर्चित कलाकार बसुन्धरा भुसाल सहितका कलाकारलाई सम्मान गरिने जानकारी दिनुभयो । दुई दर्जन कलाकारहरु सहित चितवनमा रहेर लामो समयदेखि काम गर्दै आउनु भएका पत्रकार, मावनीय सेवामा समर्पित व्यक्ति, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, खेलाडी लगायतको हौसलाका लागि उनीहरुको प्रतिनिधित्व हुने गरी एक/एक जना व्यक्तिलाई सम्मान गरिने कार्कीले बताउनुभयो ।

अवार्ड वितरण तथा सम्मान प्रदानका लागि जुरी टिमले कार्यविधि बनाएर काम गरिरहेको कार्कीले बताउनुभयो । “चितवनको इतिहासमा नैै पहिलो पटक यस प्रकारको फिल्मी अवार्ड आयोजना गर्दैछौँ” उहाँले भन्नुभयो, “अवार्डको प्रचार-प्रसारका लागि चर्चित कलाकारको साथमा अटोयात्रा समेत गरिँदैछ ।” अवार्डको पूर्वसन्ध्यामा आयोजना गरिने अटोयात्राले भरतपुरको नगर परिक्रमा गर्ने महाप्रबन्धक कार्कीले जानकारी दिनुभयो ।

 

Categorized in सिनेमा