STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चितवनमा सुजुकी जिम्नी र फ्रोन्क्स गाडि सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २२, सोमबार

नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको दुई सुजुकी एसयूभी गाडीहरु सुजुकी जिम्नी र फ्रोन्क्स चितवनमा सार्वजनिक भएको छ । उक्त दुई एसयूभीको टेस्ट ड्राइभ पनि अब ग्राहकले शोरुमबाट गर्न सकिने चितवनका लागि आधिकारिक विक्रेता साध्वी इन्टरनेशनल प्रा.लिले जनाएको छ ।

नेपालका लागि सुजुकी ब्राण्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोक्रप तथा सिजी जक्स्टजेनले दुई मोडलका गाडीहरुको बुकिङ २९ असारदेखि नै खुल्ला गरेको थियो । कम्पनीले आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ । जिम्नीको सुरुवाती मूल्य रू.५९ लाख ९९ हजारबाट र फ्रोन्क्सको मूल्य रू.३९ लाख ९९ हजारबाट सुरु रहेको साध्वी इन्टरनेशनल प्रा.लिका महाप्रबन्धक सुरजराज जोशीले बताउनुभयो ।

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो । “द फेस अफ न्यु एसयूभी“ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रधान गर्दछ । प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुबिधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकहरुको लागी सम्पूर्ण माग आपूर्ति गर्ने बिश्वास कम्पनीले लिएको जनाएको छ ।

कार्यक्रममा चितवन अटोमोबाइल डिलर एशोसियनका अध्यक्ष राजन पियाले सरकारले अटोलाई बिलासिताको बस्तुमा वर्गीकरण गर्दा समस्या भएको बताउनुभयो । सरकारले विलासिताको बस्तुमा गाडीहरुलाई राख्दा छिमेकी मुलुकमा भन्दा नेपालमा पाँच गुणासम्म महँगोमा उपभोक्ताहरुले गाडी खरिद गर्नुपरेको गुनासो गर्नुभयो ।

Categorized in बिजनेस