STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र संघका पदाथिकारीहरुको पद बाँडफाँड सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ माघ १५, बुधबार

नेपाल चलचित्र संघको गत पुष २५गते सम्पन्न निर्वाचनमा निर्विरोध निर्वाचित भएका कार्यसमिति मा अध्यक्षका रुपमा मधुसुदन प्रधान निर्वाचित भएका थिए भने संघको विधान अनुसार अध्यक्ष पछि विभिन्न पदाधिकारीको चयन भएको छ । मँगलबार बसेको संघको कार्यसमितिको बैठकले पदाधिकारी बाँटफाँट गरेको हो । चलचित्र संघको प्रथम उपाध्यक्षमा अर्जुन श्रेष्ठ, द्धितीय उपाध्यक्षमा कुवेर शर्मा, तृतीय उपाध्यक्षमा त्रिरत्न मानन्धर चयन भएका छन् । यस्तै नेपाल चलचित्र संघको महासचिबमा अशोक शर्मा चयन भएका छन् । चलचित्र निर्माता र निर्देशक समेत रहेका अशोक शर्मा यस अघि नेपाल चलचित्र निर्माता संघको अध्यक्ष समेत भईसकेका थिए । संघको उपमहासचिबमा गोपालकाजी कायस्थ र कोषाध्यक्षमा देवेन्द्र खड्गी चयन भएका छन् । बाँकी केन्द्रिय सदस्यहरुमा भाष्कर ढुंगाना, गोविन्दबहादुर शाही, कपिलप्रसाद दुवा, कैलाश ढकाल, निरज कार्की, निरज गुप्ता, बिक्रम पराजुली रहेका छन् । यस्तै संघको यस्तै पूर्वाञ्चलको सभापतिमा चैतन्य बराल, उपसभापतिमा परशुराम चौधरी, पश्चिमाञ्चलको सभापतिमा ओम जैसी, मध्यपश्चिमको सभापतिमा डाक्टर सिंह गुरुङ र उपत्यका सभापतिमा मदनमान बज्राचार्य यस अघि नै निर्विरोध चयन भईसकेका छन् । चलचित्र वितरक तथा चलचित्र हलमालिकहरुको यो संस्था ४७ वर्ष अघि स्थापना भएको हो । यो नेपालको चलचित्र सम्बन्धि सबैभन्दा जेठो संस्था हो । गत साता संघको अध्यक्षमा मधुसूदन प्रधान निर्विरोध चयन भएका थिए । संघका बाँकी पदाधिकारीको चयन बाँकी थियो । गत २५पुषमा सम्पन्न संघको ४७ औं वार्षिक साधारण सभाबाट १३ जना केन्द्रिय सदस्य चयन भएका थिए । तिनै १३ जनाबाट मँगलबार विभिन्न पदाधिकारीहरु चयन गरिएको चलचित्र संघका अध्यक्ष प्रधानले जानकारी गराएका छन् ।
Categorized in सिनेमा