STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँच दिने कार्यशाला गर्ने

Janjati Khabar – Janjati Khabar | २०८० माघ १५, सोमबार

काठमाडौं - चलचित्र विकास बोर्डले नेपाली चलचित्रकर्मीको दक्षता अभिवृद्धिका लागि अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ ।

बुधबार बोर्डको वेबसाइटमार्फत एक सूचना जारी गर्दै १५ दिनभित्र आवेदन माग गरिएको छ । बोर्डको चालु आ.ब. २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुँदैछ ।

कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरेर माघ २५ गतेसम्ममा बोर्डको कार्यालयमा इमेलमार्फत आवेदन दिनुपर्नेछ ।

कार्यशालाबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीले जानकारी दिए ।

Categorized in सिनेमा