STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

चलचित्र विकास बोर्डद्वारा क्यान्सरपिडित चलचित्रकर्मीलाई आर्थिक सहयोग प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ १९, शनिबार

चलचित्र विकास बोर्डले शुक्रबार क्यान्सर पीडित कलाकार राजन थापालाई एक लाख रुपैया नगद उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । चार दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा सकृय रहेका थापालाई विगत १ बर्षदेखि आान्द्रामा क्यान्सर भई उपचारमा आर्थिक अभाव भोग्नु परेकोले सहयोग गर्ने चलचित्रकर्मि कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसीले चेक प्रदान गरेका छन् । कोषको संयोजक कलाकार बसुन्धरा भुसाल हुन् ।

२०३९ सालदेखि कलाकारीतामा प्रवेश गरेका  थापाले ६ एकान ६, दुश्मन, ईकु,कंगाल, सम्पति लगायतका ठुलो पर्दाका चलचित्रहरुमा तथा अविरल बग्दछ ईन्द्रावति, रहरै भो, श्रीमान श्रीमति, तितोसत्य, चक्कर, भुईचालो , सञ्चय आदिमा समेत अभिनय गरेका छन् । आर्थिक अवस्था कमजोर भई उपचार गर्न कठिनाई भएको देखिएपछि आर्थिक सहयोग प्रदान गरिएको कुरा कोषका संयोजक भुसालले बताइन्  ।

Categorized in सिनेमा