STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र पत्रकारिता दिवस पनि स्थगित

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १, बिहिबार

विजयरत्न असंबरे
चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते मनाउँदै आएको चलचित्र पत्रकारिता दिवस र यसै अवसरमा प्रदान गर्दै आएको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई यो वर्ष स्थगित गरेको छ । संघले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई दृष्टिगत गर्दै यो वर्ष कुनै कार्यक्रम नगर्ने निर्णय गरेको हो । संघले अर्को वर्ष पुरस्कार राशी बढाउने तथा मोफसलबाट थप एक जनालाई समेत ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने बताएको छ । यसपाली चलचित्र पत्रकारिता दिवस अर्थात ७ जेष्ठमा डिजिटल प्लेटफर्म मार्फत संघको २१ औं बार्षिक उत्सव मनाउने र सो अवसरमा पूर्व अध्यक्षज्यूहरु, सल्लाहकार, शाखा अध्यक्षज्यू र कार्यसमितिका अध्यक्षज्यूले शुभकामना मन्तव्य राख्ने गरि जुम मिटिङ हुने भएकोले संघका सम्पूर्ण सदस्यहरू सहभागी भईदिनु हुन अनुरोध गरिएको छ ।
Categorized in सिनेमा