STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र पत्रकारिता दिवसको अवसरमा क्यालेण्डर सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ ८, आइतबार

काठमाडौं - चलचित्र पत्रकार संघ नेपालले २३ वर्ष पूरा गरेर २४औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा क्यालेण्डर सार्वजनिक गर्दै चलचित्र पत्रकारिता दिवस मनाएको छ । संघले आफ्ना सम्पूर्ण सदस्यसँग मात्र यसपटकको स्थापना दिवस स्थानीय तहको निर्वाचनका कारण स्थगन गर्नुपरेको र अनौपचारिक रुपमा मनाएको चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले बताउनु भयो ।

कोरोना महामारीका कारण विगत दुई वर्षयता  स्थगित हुँदै आएको सम्मान तथा पुरस्कार आउँदो असार ४ गते एक समारोहको आयोजना गर्दै वितरण गर्ने कुरा पनि अध्यक्ष सिटौलाले बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश अध्यक्ष बैकुण्ठराज पराजुलीसहित संघका कार्यसमिति सदस्य र रंग पत्रकारहरूको उपस्थिति रहेको थियो । वि.सं. २०५६ साल जेठ ७ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएकै आधारमा यस दिनलाई स्थापना दिवसको रूपमा मनाउँदै आइएको छ ।

चलचित्र पत्रकार संघ नेपालले वार्षिकोत्सवको अवसर पारेर क्यालेण्डरसमेत सार्वजनिक गरेको छ । गत तीन वर्षयता कोरोना कहरसँग विविध कारणले रोकिएको चलचित्र पत्रकारिता सम्मान यसै वर्ष प्रदान गरिने भएको छ । संघका अनुसार असार ४ मा एक समारोहबीच तीनै वर्षका सम्मान प्रदान गरिनेछ । संघले सम्मानित पत्रकारहरूको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

अनौपचारिक रुपमा सम्पन्न सो कार्यक्रममा महासचिव समीर बलामि ले संघको कार्य योजना माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा संघको सल्लाहकार समितिका सदस्य अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधर,वरिष्ठ पत्रकार ध्रुव लम्साल, संघका उपाध्यक्ष दिपज्योति थापा लगायतले चलचित्र पत्रकारिता का विविध पाटोबारे चर्चा गर्नु भएका थिए ।

Categorized in साहित्य-कला