STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र निर्माता संघले राष्ट्रिय भेला मार्फत सरोकारवाला निकायमा दबाब दिने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ पौष २१, बिहिबार

नेपालमा चलचित्र प्रदर्शनको स्थितिमा बेथिति बढ्दै गएकोले यो समस्या निराकरण गर्न  दिन चलचित्र निर्माता संघले विभिन्न मागहरु उठाउँदै आएको छ । तर त्यस्ता मागहरु प्रति कहीं कतैबाट सम्बोधन नभएकोले अब आफ्ना मागबारे दबाब दिन यही पुस २९ गते काठमाडौंमा राष्ट्रिय भेला आह्वान गरेको छ ।

सो भेलामा चलचित्र विकास बोर्डको हलमा देशभरका झण्डै ३०० जना फिल्म निर्माता भेला भएर आफूहरुका पेसागत समस्या राख्ने बताइएको छ । यस्तै वार्ताका लागि चलचित्र विकास बोर्ड,  नेपाल चलचित्र संघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्ना माग पेस गर्ने तयारी पनि निर्माता संघको रहेको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भेलाका सुझावलाई समेटेर बोर्ड र चलचित्र संघसँग वार्ता गर्ने र त्यसबाट माग पूरा भएन भने स्थिति हेरेर कठोर निर्णय लिनुपर्ने कुरा बताएका छन् । 

खड्काले भन्न खोजेको ‘कठोर’को अर्थ आन्दोलनमा उत्रिनेतर्फको संकेत हो भन्ने बुझिएको छ । गत पुस ६ गते चलचित्र संघले पनि एएटा राष्ट्रिय भेला बोलाएर माग पूरा गर्न चलचित्र विकास बोर्डलाई दबाब दिएको कुरा यहाँ स्मरणीय हुन आउँछ ।

अध्यक्ष खड्काले राष्ट्रिय भेलामा फिल्म हलसँगका कुरा, निर्माताले पाउनुपर्ने ‘पर्सेन्टेज’ कम भएको कुरा , ट्रेलर बजाएको पैसा, सर्भरको चार्ज, बक्स अफिस पारदर्शी नभएको, सर्भर डाउनको बहानामा निर्माताले हिसाब नपाएको जस्ता कुरामाथि छलफल हुने बताए ।

Categorized in साहित्य-कला