STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र निर्माता संघको साधारण सभामा चलचित्र सम्बन्धि विधेयकको व्यापक विराेध

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आश्विन २२, सोमबार

नेपाल चलचित्र कलाकार संघले सोमबार अाफ्नो १७ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभा को उदघाटन समारोहमा सन्चार तथा सूचना प्रविधि सचिव कृष्ण बहादुर राउट को प्रमुख आतिथ्यता रहेको थियो भने चलचित्र निर्माता संघ को अध्यक्ष  नवल खड्का को सभापतित्वमा उदघाटन समारोह सम्पन्न्र भएको थियो । 

चलचित्र निर्माता संघ को १७ औ साधारण सभाको उदघाटन समारोहमा सहभागी,वक्ताहरुले यो वर्तमान सरकार विशेष गरि सन्चार तथा सुचना प्रविधि मन्त्री लगायत नेपाल सरकार ले ल्याउन लागेको चलचित्र सम्बन्धि बिधेयक धेरै आपत्तिजनक भएको कारण   यसलाइ आउन नदिन सम्पूर्ण पेशागत संघ सस्थालाइ अाह्वान  गर्नुकासाथै सतर्कता अपनाउन अनुरोध गरेको थियो । 

संघका अध्यक्ष नवल खडका लगायत विशिस्ट चलचित्रकर्मि नीर शाह लगायतका सबै वक्ताहरुले प्रस्तावित विधेयक को विरोधमा  अावाज उठाएका थिए ।  समारोहमा विशिष्ट अतिथी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन के सि र प्रमूख अतिथी सन्चार सचिव राउटले यो विधेयक प्रस्तावित विधेयक भएको कुरा स्पस्ट पार्दै यसमा भएका कमि कमजोरी सच्याउन सरकार तत्पर रहेको बताए ।

समारोहमा नेपाली चलचित्रको राम्रो व्यापार गरेका सिनेमा हलहरु नारायणगढ को जलमा र काठमाडौंको बिग मुभिजलाई सम्मानित गरिएको थियो । यस्तैगरी सोही समारोहमा साधारण सभा स्मारिकाको रुपमा " सिनेमा विशेषाङ्क ” को पनि विमोचन गरिएको थियो ।

Categorized in सिनेमा