STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र निर्देशक समाजको अध्यक्षमा निर्विरोध चुनिए जनकदिप पराजुली

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र ११, शनिबार

चलचित्र निर्देशक समाज नेपालको शनिवार भएको १५ अौं साधारण सभामा सम्पन्न भएको नयाँ कार्य समितिको निर्वाचनमा जनकदिप पराजुली अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी का रुपमा उम्मेदवारी दर्ता गराएका सुचित्रा श्रेष्ठले नाम फिर्ता लिए पछी पराजुली लाई निर्विरोध अध्यक्ष घोषणा गरिएको हो । 

यस्तैगरी दई उपाध्यक्षहरुमा सुभाष गजुरेल र दिपशिखा खडका निर्विरोध चुनिएका छन् भने महासचिव मा अरुण कुमार प्रधान र सचिवमा देवेन्द्र पाण्डे निर्विरोध चुनिएका छन् । सर्व सम्मतिमा सम्पन्न भएको निर्वाचनबाट कोषाध्यक्ष का रुपमा समुन्द्र भट्ट,सह कोषाध्यक्ष राज बस्न्यात र सदस्यहरुमा उत्सव के सि , सौरभ चौधरी, सत्यराज चौलागांइ,दिपक अोलि , अमृतमान महर्जन र अमर बहादुर वलि चुनिएका छन् भने सह सदस्यका रुपमा सिमा गुरुङ र रामकुमार श्रेष्ठ चुनिएका छन् ।

शनिवार सम्पन्न भएको साधारण सभा को अौपचारिक उदघाटन समारोहमा प्रदिप उपाध्याय लाई दीर्घ साधना सम्मानका प्रदान गरिएको छ भने मन्जु कुमार श्रेष्ठ,दयाराम दाहाल,राजेन्द्र शलभ र विमल पौडेल लाई पनि सम्मानित गरिएको छ । यस्तैगरी दिपेन्द्र के खनाल लाई युवा सर्जक सम्मान र दिपा बस्नेतलाई महिला सर्जक सम्मान प्रदान गरिएको छ भने साधारण सभाको प्रमुख अतिथीका रुपमा सांसद चुनिएका चलचित्रकर्मि हरु असिम शाह , मदुकुमार श्रेष्ठ र रोज राणा रहेका थिए ।

Categorized in सिनेमा