STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र कुईनेटो कोभिडको असर कम भए पछी सार्वजनिक प्रदर्शनमा आउने

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण ५, मंगलबार

मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुती स्वरुप कमला जोशीले निर्माण गरेको चलचित्र "कुईनेटो"को शिर्ष गीत “धर्ती आकाश” ओएस्आर डिजिटल मार्फत सार्वजनिक गरिएको छ । नायक श्रीदेव भट्टराई र नायिका श्रीजु अधिकारीको अभिनय रहेको उक्त गीतलाई सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको छ । गीतको शब्द गीतकार ललिता कुँवरले लेखेकी हुन् भने संगीतकार चर्चित संगीतकार सन्तोष श्रेष्ठ हुन् । श्रेयसी चेम्जोङ र यूवराज चौलागाईको स्वर रहेको गीतको एरेन्जर ओम सुनार हुन् ।

हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने बित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले बताएको छ ।

निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव रापकोटा, मनीराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा महिला द्वन्द निर्देशक किरण दाहालको द्वन्द निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको श्रृंगार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन रहेको छ । यस चलचित्रका गीतहरुमा राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी लगायतका श्रष्टा एवं सर्जकहरुको स्वर शब्द र संगीत रहेको छ ।

Categorized in सिनेमा