STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र कलाकार सङ्घद्वारा इनासको नयाँ कार्यसमितिलाई बधाई ज्ञापन

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३०, बिहिबार

नेपाल चलचित्र कलाकार सङ्घले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ईनास का नबनिर्बाचित पदाधिकारीहरुलाइ बधाई तथा सम्मान गरेको छ । सङ्घले आज राजधानीमा एक कार्यक्रम गर्दै ईनासका नबनिर्बाचित पदाधिकारीहरुलाइ बधाई तथा सम्मान गरेको हो । सो बधाइ तथा सम्मान कार्यक्रममा ईनासका सस्थापक तथा निबर्तमान अध्यक्ष पुष्प बरुवाल, नबनिर्बाचित अध्यक्ष कमला दाहाल, बरिष्ट उपाध्यक्ष रामचन्द्र थापा, उपाध्यक्ष साबू गदाल कार्की, अर्जुन काफ्ले, भगवती बस्नेत, महासचिब मनिषकुमार श्रेष्ठ, सचिब हरि शर्मा, कोषाध्यक्ष कुलराज थापा, युरोप संयोजक सन्तकुमार थापा, अष्ट्रेलिया संयोजक सुशील चालिसे, एसिया संयोजक लोकराज अधिकारीलगायतका पदाधिकारीहरुलाई सम्मान तथा सफल कार्यकालको शुभकामना बधाई ज्ञापन गरिएको थियो । नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रबिन्द्र खड्काको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सङ्घका उपाध्यक्ष द्वय मोहन निरौला, सानु ताम्राकार, महासचिब चेतबहादुर सिंह ‘राजा’ कोषाध्यक्ष सुनिल कटुवाल, सह कोषाध्यक्ष पवित्रा आचार्य, सङ्घका सदस्यहरु, चलचित्र विकास बोर्डका पूर्व सदस्य उत्तम केसी, नायक धिरेन शाक्य, नेपाल फिल्म सोसाईटीका पदाधिकारीहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । सो समारोहमा नेपाल चलचित्र कलाकार सङ्घ र ईनासले अबका दिनहरुमा साझा अबधारणाहरुमा सहकार्य गर्दै नेपाली कलाकारहरुको हकहितमा काम गर्दै जाने तथा कलाकारहरुको समन्वयमा नेपाल तथा बिदेशमा नेपाली चलचित्रको प्रबर्धनलगायत अन्य कार्यहरुमा समेत एकजुट भई हातेमालो गर्दै जाने बताए । कार्यक्रममा सुभाष खड्का तथा राजेश महर्जनलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई कलाकार गोपाल ढकाल छन्देले सञ्चालन गरेका थिए ।
Categorized in सिनेमा