STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र कलाकार संघले सदस्यता दिने कार्य स्थगित

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ मङ्सिर १, बुधबार

नेपालका चलचित्र कलाकारहरुको छाता संगठनका रुपमा रहेको चलचित्र कलाकार संघले सदस्यता दिने कार्य हाललाई  स्थगित गरेको छ ।   चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाको अध्यक्षतामा कार्तिक २५ गते बसेको कार्यकारिणी समितिको बैठकले यसरी  संघले कलाकारहरूलाई प्रदान गर्दै आएको सदस्यता र सदस्य कलाकारहरूको निवेदन अनुसार प्रदान गर्दै आएको सिफ़ारिश हाललाई स्थगित गर्ने निर्णय गरेकोछ ।साथै बैठकले हाल सम्म सदस्यताका लागि परेको आवेदन माथि छानवीन गर्ने र सिफारिसमा केही बिदेशी नियोगबाट सदस्य कलाकारको बारेमा सोधनी भै आएकोले संघ र कलाकारको गरिमालाई यथावत राख्नु जरूरी भएकाले सो सम्बन्धमा सम्बन्धित पक्षसंग पत्राचार गरी सत्य तथ्य पत्ता लगाउनु आबश्यक भएकाले हाललाई सिफ़ारिश समेत स्थगित गर्ने निर्णय गरेको हो भनि बताइएको छ ।संघले कम्तिमा ५ बँटा ब्याबसायिक चलचित्रमा अनुबन्ध भएर काम गरेका कलाकारलाई साधारण सदस्य प्रदान गर्ने बिधानमा उल्लेख गरिएको छ ।केही सदस्यताको आवेदन सम्बन्धमा  उजुरी परि बुझ्नु परेकाले संघले सदस्यताको बिषयमा हाल  छानबिन गर्न लागेको हो ।

यसैगरी निर्माण प्रदर्शन र कलाकारको पेशागत उत्थानका लागि चलचित्र क्षेत्रलाई चलायमान बनाउन एकदिबसीय अन्तरक्रिया कार्यक्रम संचालन गर्ने पनि निर्णय गरेकोछ । उक्त समितिको संयोजक मा महासचिव चेत बहादुर सिंह राजा र सदस्य सचिवमा कोषाध्यक्ष सुनिल कटुवाल लाई मनोनयन गरिएको छ । समिति एघार सदस्यीय रहनेछ ।          सदस्यता र सिफारिसको स्थगनले कलाकारहरूमा पर्न जाने असुबिधाका लागि संघ क्षमा प्रार्थना गरेको कुरा नेपाल चलचित्र कलाकार संघ(FAAN) का  उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जनाएका छन् ।

Categorized in सिनेमा