STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्र कलाकार संघले कल्याणकारी कोष क्रियाशिल बनाउने

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ १२, शनिबार

नेपाली चलचित्रमा अभिनय गर्ने कलाकारहरुको छाता संगठनको रुपमा रहेको   नेपाल चलचित्र कलाकार संघले चलचित्र कलाकार कल्याणकारी कोषलाई थप क्रियाशिल बनाउने निर्णय गरेको छ ।

सदस्य कलाकारहरूलाई बिरामी लगायत बिपद अप्ठ्यारो पर्दा संघले सहयोग गर्नु पर्छ भन्ने  सोचले   नेपाल चलचित्र कलाकार संघका तत्कालिन अध्यक्ष  नवल खडकाको कार्यकालमा   चलचित्र कलाकार कल्याणकारी कोषको  अवधारणा  तयार गरिएको थियो । त्यस पछि स्वर्गीय  रामकेशर बोगटी अध्यक्षको कार्यकालमा  संघका अध्यक्ष स्व बोगटी, संघका तत्कालिन सचिव चेतबहादुर  सिंह राजा र संघका तत्कालिन सह कोषाध्यक्ष सुनील कटुवालको सक्रियतामा ४ बर्ष अगाडी सदस्य कलाकारलाई बिपद,गम्भीर बिरामी लगायतका समस्यामा सहयोग गर्ने उदेश्यले कोषको अवधारणा अगाडि ल्याइ   क्रियाशिल बनाईएको थियो भने कोषबाट हाल पनि सदस्य कलाकारहरूलाई सहयोग गरिदै आएको कुरा संघले जनाएको छ ।

हाल कोभिडको कारण निषेधाज्ञा तथा बिभिन्न बिपदको सामना कलाकारहरूले पनि गर्नु परिरहेको तथ्यलाई ध्यानमा राखि अध्यक्ष रविन्द्र खडकाको निर्देशन अनुसार कोषलाई थप मजबुत र क्रियाशिल बनाउन लागिएको कुरा संघका उपाध्यक्ष वरिष्ठ कलाकार मोहन निरौला र कोषाध्यक्ष सुनिल कटुवालले संयुक्त रुपमा विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

यस  अभियानमा संघको कार्यसमितिका पदाधिकारी तथा कार्यकारिणी सदस्यहरुबाट   रकम थप गर्ने कार्य गरिएको कुरा बताइएको छ । जस अनुसार   तेजुला खतिवडाले  रु. एकाउन्न हजार , गीता नेपालले पच्चिस हजार एक सय पच्चिस, चेत बहादुर सिंह राजा ले  दश हजार, सुनिल कटुवालले दश हजार ,पवन खतिवडाले पाँच हजार पाँचसय पचपन्न , रबिन्द्र खड्काले पाँच हजार एक सय ,  उद्धब प्रसाद भट्टराईलेपाँच हजार एक सय, मोहन निरौलाले पाँच हजार , जीवन थापाले पाँच हजार , धनराम ( मुस्कान )के. सि. ले पाँच हजार , राजेश महर्जनले पाँच हजार ,  रामेश्वर जंग के. सि. ले तिन हजार , पवित्रा आचार्य   बाट दुई हजार , रामेश्वर बुर्लाकोटीबाट दुई हजार , गोपाल ढकालबाट दुईहजार,  शितल के सीबाट दुई हजार गरी जम्मा  एकलाख बयालिस हजार आठ सय असी रूपैयाँ थप भएकोछ ।

कोषमा रकम  प्रदान गरी सहयोग गर्नका लागि स्वदेश तथा बिदेशमा रहनु भएका कलाकार तथा मनकारी दाताहरूलाई   कार्यसमितिको बैठकले अनुराेध पनि गरेकोछ ।

संघले निषेधाज्ञाको अवधीमा अप्ठ्यारो अवस्था एवं समस्यामा परेका कलाकारहरूलाई राहत सहयोग प्रदान गरेको थियो भने संघले यस अघि चलचित्र बिकाश बोर्ड अन्तर्गत गठन भएको चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई क्रियाशिल बनाउन पदाधिकारी तथा कार्यसमितिका सदस्यबाट रकम उठाई सहयोग रकम प्रदान गरिएको थियो । रविन्द्र खडकाको नेतृत्वको कार्यसमितिले संघको कार्यभार संम्हालेपछि संघले गरेको नगद सहयोगका लागि कोही कसैसंग चन्दा नलिएको र संघको मौजुदा रकमबाट खर्च नगरी कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट रकम उठाई नगद सहयोग गरिएको पनि संघले जानकारी गराएको छ  ।

यसैगरी कलाकारद्वारा संचालित सिन्धु सहायता कोषमा संघको नामबाट घोषणा भएको एकाउन्न हजार रकम पनि संघका पदाधिकारी र कार्यसमिति सदस्यहरूबाट उठाएर प्रदान गरीएको पनि संघले जानकारी गराएको छ ।

Categorized in सिनेमा