STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चलचित्रकर्मीहरुमा एकता कायम हुनुपर्ने कुरामा जोड दिंदै अन्तर्क्रिया सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८० भाद्र २३, शनिबार

नेपाल चलचित्र संघका अध्यक्ष मोहन निरौलाले नेपाली चलचित्रको गुणस्तर बढाउने विषयमा कलाकारहरुले गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताए । उनले यो कुरा नेपाल चलचित्र कलाकार संघ स्थापना भएको ३५ वर्ष पुगेको अवसरमा काठमाडौंमा आयोजित "  नेपाली चलचपत्रको गुणस्तरमा पेशाकर्मिको भुमिका ” विषयक अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा राखेका हुन्  ।  निरौलाले गुणस्तरीय चलचित्र आउन नसकेको बजारको भनाइलाई स्विकार गर्दै सुधारका लागि सबै पक्ष गम्भिर बन्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा यता चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालको चलचित्र उद्योग सन्तोषजनक अवस्थामा रहेको धारणा राखेका थिए ।

संघले स्थापना कालदेखि नै कलाकारका हक हितका लागि आवाज उठाउँदै आएपनि पछिल्लो समय बढी राजनीति भएको भन्दै कलाकारहरुले दुःखेसो पोखेका छन् ।

अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष चुनिएका राजेन्द्र के सि लाई सम्मानित गर्नुकासाथै संघलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई कदर पत्र प्रदान गरिएको थियो । सोही अग्रज चलचित्र निर्माता विष्णु गोपाल श्रेष्ठ ,अग्रज द्वन्द निर्देशक राजेन्द्र खडगी , संविधानविद भिमार्जुन अाचार्य , बिकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइ , निर्माता किसान पोखरेल लगायतलाई कलाकार संघको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

सो कार्यक्रममा मुख्य विषयमा संघका अध्यक्ष मोहन निरौला र पत्रकार शान्तिप्रियले तयार पारेको अवधारण पत्र प्रस्तुत गरिएको थियो भने निर्देशक संगीता श्रेष्ठ , लेखक अभिमन्यु निरबी र अभिनेता तथा निर्माता रविन्द्र सिंह वानियाले टिप्पणी प्रस्तुत गरेका थिए । 

कार्यक्रममा संविधानविद भिमार्जुन आचार्य,  बिकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राइ , संघका पूर्व अध्यक्ष रमेश बुढाथोकी, अभिनेता तथा बिकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल , संघका संरक्षक बसुन्धरा भुसाल , संघका निवर्तमान अध्यक्ष र लगायतका सहभागीहरुले पछिल्लो समय चलचित्रकर्मीहरुमा एकता कायम हुन नसक्दा चलत्रित्र जगतको समस्या बढ्दै गएको भन्दै सबैलाई एक हुन आव्हान गरेका थिए ।

Categorized in साहित्य-कला