STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चर्चित गायिका रत्नशोभा महर्जनको एकल सांगितिक कार्यक्रम हुने

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २७, सोमबार

ज्ञानमाला भजन संग्रह २१ औं संस्करण सार्वजनिक, ज्ञानमाला मंगलहेरा पुरस्कार वितरण

ज्ञानमाला भजन खलः स्वयम्भूको तीर्थनारायण महर्जनको सभापतित्वमा स्वयम्भू वना पासा मुना मंकाः ग्वाहालि पुचःको आयोजनामा चर्चित कर्णप्रिय स्वरकी धनी गायिका रत्नशोभा महर्जनको एकल सांगितिक कार्यक्रम ‘रत्नं भय् ब्यूगु यइपुगु सः’ हुनेभएको छ ।

गायिका रत्नशोभा महर्जनको एकल कार्यक्रम ‘रत्नं भय् ब्यूगु यइपुगु सः’ प्रस्तुतिको निम्ति आइतबार काठमाडौं महानगरपालिका १५ वडा चःमति नेवाःछेँमा एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

गयिका रत्नशोभा महर्जनको एकल सांगितिक कार्यक्रमको साथसाथें ‘ज्ञानमाला भजन संग्रह’ २१ औं संस्करण सार्वजनिक गरिने र ‘ज्ञानमाला मंगलहेरा सिरपाः’ वितरण गरिने कार्यक्रम पनि रहेको जानकारी उक्त पत्रकार सम्मेलनमा दिइएको हो । उक्त कार्यक्रम ने.सं. ११३९ चिल्लाथ्व दशमि (चैत्र २ गते) शनिबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने जानकारी कार्यक्रमका संयोजक तथा गीतकार पूर्णकाजी ज्यापुले जानकारी दिनुभएको थियो ।

उक्त कार्यक्रममा ख्यालिजुजु (हास्य सम्राट) मदनकृष्ण श्रेष्ठको विशेष उपस्थिति हुने जानकारी पनि उक्त पत्रकार सम्मेलनमा दिएको थियो ।

–नेवाः सुचना केन्द्र

Categorized in सिनेमा