
चन्द्रागिरि केबलकार डेढ घण्टा रोकिँदा ८ जनालाई भर्याङबाट ओरालियो
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण २, बुधबार

काठमाडौं - विद्युत अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा आएको छ ।
बुधबार दिउँसो साढे १ बजे विद्युत अवरुद्ध हुँदा रोकिएको केबलकार दिउँसो ३ बजेपछि सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार विद्युत अवरुद्ध भएपछि केबलकारमा रोकिएका यात्रुलाई भर्याङ हालेर जमिनमा ओरालिएको थियो ।
८ जना यात्रुलाई ओरालिएपछि केवलकार सञ्चालनमा आएको एसपी अधिकारीले जानकारी दिए ।
Categorized in अपराध-दुर्घटना