STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

घटस्थापनाको दिनदेखि सिनेमा हल खोल्ने घोषणा

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन २०, बुधबार

चलचित्र बिकाश बोर्ड को संयोजकत्वमा नेपाल चलचित्र संघ , चलचित्र निर्माता संघ , कलाकार संघ लगायत पेशागत सबै संघ सस्थाहरुको संयुक्त प्रयासले  सबै चलचित्रकर्मिहरुको हितलाई ध्यानमा राखेर येहि असोज २१ गते बिहिवार देखि नेपालका प्रायः सबै सिनेमा हलहरुमा चलचित्र प्रदर्शन हुने घोषणा भएको छ ।

सो सम्बन्धि मंगलबार सम्पन्न कार्यक्रमको लागि बिकाश बोर्ड का अध्यक्ष दयाराम दाहालले विशेष प्रयत्न गर्नु भएको थियो । कोरोनाको कारण अत्यन्तै मारमा परेका  चलचित्रकर्मिहरुले सो कार्यक्रमको उपलब्धि लाई लिएर अत्यन्तै हर्शित भएको बताएका छन् । तर चलचित्रकर्मिहरुले   नेपालमा हल खुल्यो भनेर हर्षित मात्रै बस्नु भन्दा  दर्शकहरू लाई  हलहलमा पुगेर न्यानो माया प्रेम र सदभाव बाड्ने , ठाउँ ठाउमा स्वास्थ्य मापदण्डका कुरा गर्ने अनि निर्धक्क भएर हलमा सिनेमा हेर्न सक्ने कुराको सचेतना जगाउने तर्फ ध्यान दिनु पर्ने कुरा उठाएका छन् ।

यसै सन्दर्भमा चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का ले दर्शकहरूले टिकट लिएपछि उहाँहरुकै अनुरोधमा उहाँहरुले मनपराउनु भएका आआफ्ना प्रिय कलाकार संङ तस्वीर खिचाउने अवसरकासाथै,उपयुक्त समय मिलाइ सङै चिया खाने वातावरण पनि बनाइदिने सोच  रहेको कुरा अध्यक्ष खड्का ले बताए । सो कार्यक्रममा सदाबहार विशिस्ट नायक श्री भुवन केसि लगायत अामा चलचित्रका अभिनेत्री हरु भुवन चन्द चैत्य देवी र बसुन्धरा भुसाल समेतको उपस्थिति रहेको थियो ।

त्यसै गरी  बिकाश बोर्डका सदस्यहरुकासाथै चलचित्र संघ का अध्यक्ष मदुसुदन प्रधान,महासचिव  अशोक शर्मा,निर्माता संघ का अध्यक्ष आकाश अधिकारी,प्राविधिक संघ का अध्यक्ष पुश्कर लामा,द्वन्द कलाकार संघ का अध्यक्ष नारायण प्रधान , निर्देशक समाजका महासचिव जनक दीप पराजुली ,सचिव अरुण कुमार प्रधान,नृत्य संघ का का: वा अध्यक्ष जनक कार्की,    आदिबासी जनजाती चलचित्र महासंघ का अध्यक्ष अमृत सुनुवार,नृत्य निर्देशक संघका उपाध्यक्ष श्री प्रदीप श्रेष्ठ , निर्माता संघ का उपाध्यक्ष शमाधव वाग्ले ,चलचित्र संघ का उपमहासचिव गोपाल काजी कायस्थ,, १ नम्बर प्रदेश का वरिष्ठ चलचित्रकर्मी,सन्चारकर्मी,भीषण राई  , कलाकारहरु लगायत सन्चारकर्मी मित्रहरूको बाक्लो  उपस्थिति  रहेको थियो ।

Categorized in सिनेमा