STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठले अमेरिकामा गरे दशैँ चित्रण

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन २७, बुधबार

अमेरिकामा बस्दै आएका ग्ल्यामर फोटोग्राफर का रुपमा परिचित भेषभुषा छायाचित्रकार राजीव श्रेष्ठले बिगत बर्षमा गरे झैँ यस बर्ष २०७८ साल अर्थात् सन् २०२१ को बडा दशैँको शुभ अवसरमा दशैंको सुन्दरता समेटेर  तस्बिरहरु खिंच्न सफल हुनु भएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका श्रेष्ठले बडा दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा पनि महिलाहरुका तस्बिरहरु कैद गरेका थिए भने फूलपातीको दिनको अवसरमा पनि केही तस्बिरहरु खिच्नु भएको हो ।

उहाँले मिस नेपाल युएस २०२१ (अमेरिका नेपाल सुन्दरी -२०२१ )कि बिजेता प्रतिक्षा शुक्ला सहित प्रतियोगीहरु क्रमस प्रतिशा प्रधान र अपेक्षा सिंहका तस्बिरहरु कैद गर्नु भएको हो।

नेपालमै व्यवसायिक रुपमा ३ दशक देखि फोटोग्राफर अर्थात् छायाचित्रकारको रुपमा आफूलाई स्थापित गरेका विशेष गरि ग्लामर (मोहकता )तस्बिरहरु खिच्न प्रारम्भ गर्नु भएका श्रेष्ठले नेपालहुँदा देखि नै बडा दशैँको अवसरमा सबै वर्गका महिलाहरुका तस्बिरहरु खिच्दै आउनु भएको थियो भने अमेरिकामा पनि यसलाई निरन्तरता दिनु भएका छन् ।

हाल अमेरिकामा रहेका श्रेष्ठले हरेक बर्ष ग्ल्यामर क्यालेन्डर ( मोहकता भित्रे पात्रो ) प्रकाशित गरि रहनु भएको छ । नयाँ तथा सबै कलाकारलाई उनीहरुको कलाकारितालाई पहिचान गरि थप प्रोत्साहन गर्ने र हौसला दिइरहनुभएको छ ।

उहाँले   अमेरिकामा रहेर पनि आफ्नो देश नेपालका चाडपर्व,परम्परा ,कला ,संस्कृति आदीलाई परदेशमा पनि संरक्षक,जगेर्ना र प्रवर्द्धन गर्न लागि रहनु भएको छ ।

Categorized in साहित्य-कला