STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ग्लोबल पिस योङ्गलिडर्स मार्फत नेपालमा विभिन्न कार्यक्रमहरु सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ माघ ३, मंगलबार

फरक पहिचान एवं संस्कृतिसंग आबद्ध भए पनि विश्व शान्ति र समृद्धिको लागि विश्वभर विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको ग्लोबल पिस फाउण्डेशन, नेपाल च्याप्टर अन्तर्गत रहेको ग्लोबल पिस योङ्ग लिडर्सले नेपालमा आफ्ना विभिन्न सामाजिक कार्यक्रमहरुलाइ सक्रियरुपमा अगाडी बढाउदै आईरहेकोे छ ।

समाजमा विभिन्न कारणले उत्पन्न भईरहने प्राकृतिक वा मानव सृजित विपत्तिहरुमा आफ्नोे उलेख्य सहभागीता जनाउँदै आएको योङ्ग लिडर्सले आफ्नो सम्पुर्ण कार्यक्रमहरुलाई यतिबेला विशेष गरि युथ लिडर्सहरुको नेतृत्व विकास गर्ने उदेश्यले विभिन्न किसिमका तालिमहरु प्रदान गर्ने कार्य गर्दै आईरहेको छ । 

४५० जना भन्दा बढी युवा तथा बालबालिकाहरुलाई नेतृत्व विकासको तालिम प्रदान गरिसकेको र आर्थिक वर्ष भित्र १००० जना भन्दा बढी युवाहरुलाई तालिम प्रदान गरिने ग्लोबल पिस योङ्ग लिडर्स नेपालकोे अध्यक्ष सपना जोशीले बताईन् ।

युवा तालिम प्रदान मात्रै हैन योङ्ग लिडर्सले जाडो यामलाई लक्षित गर्दै चिसोबाट बच्नको लागी आम मानिसहरुलाई न्यानो कपडा वितरणको कार्यलाई पनि अघि बढाउँदै आईरहेका छन् । विशेष गरी हिउँदको समयमा हुने अत्याधिक जाडोलाई दृष्टिगत गर्दै फाउण्डेशनले विभिन्न आश्रम तथा गरिब तथा विपन्न बस्तीहरुमा न्यानो कपडाहरुको वितरण कार्यलाई अघि बढाएको छ । 

योङ्ग लिडर्सले गतसाता बालसारथी बालआश्रममा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको थियो । त्यस्तै पवित्र सेवा समाज लगायत विभिन्न आश्रमहरुमा ग्लोबल पिस योङ्लिडर्सका सदस्यहरुले न्यानो कपडा वितरण  गरेका छन् । 

स्थापना काल देखिनै समाज तथा युवा केन्द्रित रहदै आएको यस फाउण्डेसनले मेला–महोत्स, चाडपर्व र उत्सवहरुमा पनि योङ्ग लिडर्सका तर्फवाट आफ्ना सदस्यहरुलाई स्वयम् सेवकको रुपमा पठाउँदै आएको अध्यक्ष जोशीले बताईन । 

युवाहरुमाझ सकारात्मक उर्जाको विकास गर्नको लागी यस्ता किसिमका सामाजिक कार्यक्रम तथा विभिन्न अभिमुखिकरण तालिमहरुले पनि मद्धत पुग्ने गरेको पाईन्छ । यसर्थ ग्लोबल पिस योङ्ग लिडर्ससंग आबद्ध युवाहरु का कार्य पक्कै पनि सराहनीय रहको छ  र यस्ता कार्यहरुलाई सरोकारवाला निकायहरुले पनि प्राथमितामा राख्नुपर्ने ठहर अध्यक्ष जोशीले गरेको छ ।

Categorized in साहित्य-कला