relans
ni new 83
nib 2082 5

गोरखापत्रलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख २६, सोमबार

निर्वाचन आयोगले सरकारी अखबार गोरखापत्रलाई स्पष्टीकरण सोधेको छ । गोरखापत्र दैनिकका सम्पादकलाई २२ वैशाखमा प्रकाशित 'गठबन्धनप्रति इमानदार बन्न देउवाको आग्रह' शीर्षक समाचारलाई लक्षित गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

त्यस्तै, २५ वैशाखमा पनि प्रकाशित 'बागी उम्मेदवारको प्रभाव नगन्य छ' शीर्षकअन्तर्गत भरतपुर महनगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालको अन्तर्वार्ता छापिएको विषयमा पनि आयोगले गम्भीर ध्यानाकर्षण भएको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन जारी गरेको छ ।

निर्वाचन आचारसंहिता २०७८ को दफा २२ मा पत्रकारले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड ख मा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था छ । साथै, कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षविपक्ष लिई प्रचारप्रसारमा संलग्न गर्न नहुने व्यवस्था भएको स्पष्ट पार्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

Categorized in राष्ट्रिय
ppp 2