STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गोकर्णेश्वर नगरपालिका ३ मा एमालेको प्यानल विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १, आइतबार

काठमाडौं - गोकर्णेश्वर नगरपालिका ३ मा पनि एमालेको प्यानल नै विजयी

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा पनि एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा नेकपा एमालेका मुरारी कुईकेलको प्यानल निर्वाचित भएको हो । कुईकेलले ११८३ मत प्राप्त गर्दा कांग्रेसका किरण विष्टले ८६१ मत ल्याएका थिए ।

वडा सदस्यहरुमा लक्ष्मी भण्डारी, चित्रमाया विक, बुद्धि बहादुर श्रेष्ठ र सचिन लामा विजयी भएका छन् । यसअघि वडा नं १ र २ मा पनि एमालेको प्यानल नै विजयी भएको थियो । यसअघि कांग्रेसले जितेको वडाहरुमा एमालेले कब्जा जमाएको हो । वडा नं ४ को जारी मत गणनामा पनि एमालेका उम्मेदवार नै अगाडि देखिएको छ ।

Categorized in राजनीति