STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गृहिणी पनि शेयर बजारमा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

शेयर बजारको केन्द्र बन्न थालेको प्रदेश नं– ५ को अस्थायी राजधानी बुटवलमा गृहिणीले पनि शेयर बजारमा लगानी गर्न थालेका छन् । गृहिणी, शिक्षक र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा आवद्ध महिला लगानीकर्ताले बुटवलस्थित लिञ्च स्टक मार्केट लिमिटेडमार्फत सो लगानी गरेका हुन् । उनीहरुले रु तीन लाखदेखि रु १० लाखसम्म लगानी गरेर लाभान्ससमेत लिएकोे उक्त लिमिटेडकी अधिकृत सोनम पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयका लागि कम जोखिम भएका बैंक, इन्स्योरेन्स कम्पनीमा महिला लगानीकर्ताको आर्कषण देखिएको छ । “हामीकहाँ लगानी गर्न आउने विभिन्न व्यवसायमा आवद्ध महिलाको भीडभाड नै हुन्छ” उहाँले भन्नुभयो । विभिन्न क्षेत्र कार्यरत करीब ४० प्रशितत महिला शेयर बजारमा संलग्न रहेको बताइएको छ । “कतिपयले बुझेर लगानी गरेका छन् भने कतिपयले नबुझेर पनि लगानी गरिरहेका छन्। ” उहाँले भन्नुभयो । उक्त लिमिटेडबाट यससाता झण्डै रु ६० लाख बराबरको कारोवार भएको छ । गत साता रु एक करोड बराबरको कारोवार भएको थियो । त्यस्तै मिडास स्टक ब्रोकिङ कम्पनी लिमिटेडले यस साता रु ३० लाखको हाराहारीमा कारोवार गरेको छ । गत साता सो कम्पनीले रु ३८ लाख बराबरको कारोवार गरेको थियो । “हाम्रो कार्यालयमा चिकित्सक, इञ्जिनियर, शिक्षकलगायत लगानीकर्ता आइरहेका छन्” मिडास स्टक ब्रोकिङ कम्पनी लिमिटेडका विज्ञान बज्राचार्यले भन्नुभयो । यस्तै दक्षिणकाली इन्भेष्टमेण्ट प्रालीले पनि दैनिक रु २० लाखको हाराहारीमा कारोवार गर्दै आएको जनाएको छ । शेयर बजार यो साता उकालो लागेपछि नयाँ लगानीकर्तामा पनि उत्साह थपिएको छ ।
Categorized in बिजनेस