STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गृहमन्त्रीलाई जनमत कार्यकर्ताले देखाए कालो झन्डा

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २८, शनिबार

काठमाडौं - डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले गृह जिल्ला रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणलाई कालो झन्डा देखाएका छन् ।

नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले रोहिणी गाउँपालिका–३ धकधईमा आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा जनमत कार्यकर्ताले कालो झन्डा देखाएका हुन् ।

जनमत पार्टीले उठाउँदै आएको किसानको माग सरकारले सम्बोधन नगरेको विरोधस्वरूप गृहमन्त्रीलाई शनिबार कालो झन्डा देखाइएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले बताएका छन् ।

यद्यपि लोकतन्त्रमा शान्तिपूर्ण विरोध गर्न पाउनु नागरिकको संवैधानिक अधिकार भएको भन्दै गृहमन्त्री खाँणको टोलीले सो विरोधलाई स्वीकार गर्दै सरासर निस्केको बताइएको छ ।

Categorized in राजनीति