STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गुणीलो अदुवा पानी

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १६, शुक्रबार

अदुवा, यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। 

अदूवाको एउटा सानो टुक्रालाई लिएर राम्रोसँग पिस्ने अनि एउटा भाँडोमा पानी राखेर उमाल्नुस र यसमा अदुवा हालेर उमाल्ने । अनि, यसलाई छान्नुपर्छ र मनतातो बनाएर अदुवा पानी पिउनुपर्छ ।

    • यसले रुघा, खोकीका ठिक हुनुका साथै राम्रो पाचनका लागि पनि उपयोगी हुन्छ  । साथै यसले पेटको बोसो कम गर्नुका साथै शरीरको तौललाई पनि नियन्त्रणमा राख्छ । 
    • यस्तै, नियमित अदुवापानीको सेवनले पाचनप्रणाली राम्रो हुन्छ 
    • अदुवा पानीले शरिरमा पाचन गराउने जुसको मात्रा बढाँउछ । यसले खाना छिटो पचाउन सहयोग गर्छ ।
    • तौल घटाउँन मद्दत गर्छ 
    • अदुवाको पानी पिउनाले शरिरमा मेटाबोलिजम सुधार हुन्छ । यस्तोमा बोसो छिटो पग्लन्छ र तौल घटाउन सजिलो हुन्छ ।
    • सुगर  नियन्त्रणमा रहन्छ 
    • अदुवापानी पिउनाले शरिरको रगतमा सुगर लेभल नियन्त्रण हुन्छ । यसले डायबिटिज नियन्त्रण गर्छ ।
    • मांशपेशीको दुखाई कम हुन्छ 
    • अदुवाको पानी पिउनाले शरिरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम हुन्छ र माशंपेशीको दुखाई कम हुन्छ ।
    • क्यान्सर बाट बचाँउछ
    • अदुवामा एन्टी क्यान्सर तत्व पाइन्छ । यसको पानी नियमित पिउनाले फोक्सो, प्रोस्टेट, ब्रेस्ट, लगाएतका धेरै थरी क्यान्सरहरुबाट बचाँउछ ।
    • मुटु पोल्न कम हुन्छ 
    • खाना खाएको २० मिनेट पछि एक कप अदुवापानी पिउनुहोस । यसले शरिरमा एसिडको मात्रा कन्ट्रोल गर्छ र मुटु पोल्ने समस्या कम हुन्छ ।
Categorized in स्वास्थ्य-मौसम