STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गाेली लागि अश्वेत युवाकाे मृत्युपछि अमेरिकाका दुई सहरमा कर्फ्यु

Janjati Khabar – एजेन्सी | २०७७ चैत्र ३१, मंगलबार

अमेरिकाको दुईवटा शहरमा रात्रिकालीन कर्फ्यु लगाइएको छ । मिनियापलिस र सेन्ट पलका मेयरले रात्रिकालीन कर्फ्यु लगाएका हुन् ।

प्रहरीको गोली लागी एकजना अश्वेत युवाको मृत्यु भएपछि बढेको तनावका कारण अमेरिकाका ती शहरमा कर्फ्यु लगाइएको हो ।

आइतबार ट्राफिक नियम उल्लंघन गरेको आरोपमा २० वर्षीय डन्टे राइटलाई प्रहरीले कारबाट बाहिर निकालेको थियो । त्यसक्रममा उनी कारभित्र पस्न खोज्दा प्रहरीको गोली लागेको थियो ।

प्रहरीले उक्त घटनालाई 'दुर्घटना' भएको जनाएको छ । तर, राइटको निधनपछि प्रदर्शन भइरहेको छ ।

Categorized in अन्तर्राष्ट्रिय