STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गायिका लसता जोशी कि छोरी पनि अभिनयतिर

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २, मंगलबार

कीर्तिपुरका उदियमान गायक आरोन महर्जनको गीत ‘सुस्तरी’ को म्यूजिक भिडियोमा गायिका लसता जोशी कि छोरी  लूमिला जोशीले अभिनय गरेकी छन् । विभिन्न अवार्ड हरुका अवार्ड विजेता बाल गायक आरोनको म्यूजिक भिडियो आउँदो श्रावण ५ गते शुक्रबार सार्वजनिक हुने भएको छ ।

शुक्रबार कीर्तिपुरमा एक कार्यक्रम गरी म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको हो । कार्यक्रम लगत्तै सो म्यूजिक भिडियो आरोन महर्जनकै युट्युब च्यानलबाट पनि सार्वजनिक गरिनेछ ।

किशोर वयको प्रणयलाई कथावस्तुमा उनेर बनेको म्यूजिक भिडियो कन्सेप्ट गायक आरोनकै आमा राज्यलक्ष्मी महर्जनको रहेको  बताइएको छ ।

म्यूजिक भिडियोमा गायक आरोनको साथमा लूमिला जोशीले अभिनय गरेकी छन् ।

लूमिला पनि सांगितिक परिवारसँगै सम्वन्धित कलाकार हुन् । लूमिला स्वर्गीय गायक द्वारीकालाल जोशीकी नातिनी र गायिका लसता जोशीकी सुपुत्री हुन् भने उनी आफैं गायिका पनि हुन् ।

गीतमा शब्द र संगीत भुवन महर्जनको रहेको छ । म्यूजिक भिडियोको कोरीयोग्राफी अन्नु महर्जनको रहेको छ भने छायाङ्गन दिनेश महर्जनले गरेका छन् । दृश्य सम्पादन, रंग समिश्रण र निर्देशन योवन शाक्यले गरेका छन् ।

गायक महर्जनले यस अघि नेपालभाषाको गीत ‘यःमां’ गाएका थिए भने यसै गीतबाट उनले पेजथ्री नेपालभाषा पिपुल्स च्वाइस अवार्ड र नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड विजेता हुन् ।

Categorized in साहित्य-कला