STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गायिका मीना महर्जनको एकसाथ सातवटा म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ चैत्र २८, शनिबार

इन्द्रेणी सांस्कृतिक समाज (इसास) किर्तिपुर को तत्वावधानमा शनिवार किर्तिपुरकी गायिका मीना कुमारी महर्जनको एकल स्वर  रहेको विभिन्न सात वटा गीतको म्यूजिक भिडियो एक कार्यक्रममा एकसाथ सार्वजनिक  गरिएको छ ।

गायिका  महर्जनको  एकल स्वरमा रहेको  ७    गीतहरुको म्युजिक भिडियो को प्रमुख अतिथी  किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सार्वजनिक गर्नु भएको हो । प्रमुख अतिथी महर्जन ले मन्तव्य राख्ने क्रममा गायिका महर्जन लगायत किर्तिपुरका कलाकारहरु बारेको एउटा अभिलेख तयार गर्ने  प्रतिबद्धता पोख्नु भयो ।

किर्तिपुरको कृष्ण क्याटरिंग हलमा भएको सो कार्यक्रमका आयोजक इन्द्रेणी सांस्कृतिक समाज (इसास) का अध्यक्ष बीरप्रसाद भंसालीको  सभापतित्वमा सम्पन्न भएको थियो । 

वरिष्ठ संगीतज्ञ अमरराज शर्मा राजोपाध्याय र साहित्यकार एवम् सन्चारकर्मि मीना बज्राचार्यले   सार्वजनिक भएका म्युजिक भिडियो हरुको   समीक्षा गर्नु भएको थियो भने यसरी नेपालभाषाया म्युजिक भिडियो  क्षेत्रमा एउटा समीक्षकले  समीक्षा गरेको पहिलो घटना भएको कुरा सिने पत्रकार विजयरत्न असंबरेले बताउनु भयाे ।

म्युजिक भिडियो   सार्वजनिक कार्यक्रमका  प्रा डा चन्द्र मान बज्राचार्य र नेपालभाषा म्युजिक भिडियोका प्रथम निर्देशक विजयरत्न असंबरेले पनि मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन मेलोडी क्विन भनेर चिनिनु हुने गायिका दिपा महर्जनले गर्नु भएको थियो ।

सो कार्यक्रममा सार्वजनिक गरिएका गीतहरूमा  शम्भुराम महर्जन ,  प्रा डा चन्द्रमान बज्राचार्य, लोककवि राजभाइ जकःमि , जनकवि दुर्गालाल श्रेष्ठ , चन्देश्वर महर्जन  लगायतको रचना  रहेको छ भने संगीतकारहरुमा गुजे मालाकार, सन्तोष महर्जन, तिर्थ मालि लगायत रहेको छ । म्युजिक भिडियोको निर्देशन पवन जोशी र ललेन्द्र शाक्य रहेको छ ।

Categorized in साहित्य-कला