relans
ni new 83
nib 2082 5

गायक प्रमोद खरेलको गीतमा बबिता श्रेष्ठको म्युजिक भिडियो

Janjati Khabar – विजयरत्न असंबरे | २०८० आषाढ ४, सोमबार

विष पिउन मन लाग्छ किन र गलती भो लगायतका धेरै लोकप्रिय गीतहरुका गायक प्रमोद खरेलको नयाँ गीत " कस्तो थिएँ कस्तो भएँ ” गीतको अडियो आउँदा नै भाइरल बनिसकेको थियो भने हालै यो गीतको म्युजिक भिडियो लोकप्रिय भइरहेको छ । यो भिडियोको निर्देशन सिउँदो सजायौ, भो कुरै नगर , तिम्रो प्यार गरी एकपछि अर्को सफल म्युजिक भिडियो सार्वजनिक गर्दै आइरहेकी चर्चित निर्देशक बबिता श्रेष्ठको निर्देशन रहेको छ ।

यो गीतको भिडियोमा चर्चित मोडेल बिक्रम बुढाथोकी र चाँदनी सिलियालाई अलि खान, आरव श्रेष्ठ, पूर्णबिक्रम केसी लक्की आदिले अभिनयमा साथ दिएका छन् । 

राजेन्द्र पुरी निर्माता रहेको यो भिडियोका छायाँकार नरेश  हुन् भने सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन् । भिडियो निर्माण हुनुभन्दा अगाडि नै टिकटक भरी चर्चाको विषय बनेको गीतको महंगोे लगानीमा म्युजिक भिडियो निर्माण गरिएको कारण आफ्ना अघिल्ला भिडियोहरु जस्तै यो भिडियो पनि स्रोता, दर्शकले रुचाउनेमा निर्देशक श्रेष्ठ विश्वस्त देखिएकी छन् भने गत हप्ता मात्रै प्रियसी म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएकोे  यो भिडियोको हालसम्ममा ९ लाख भन्दा बढी दर्शकको भ्युज पाइसकेको छ । 

Categorized in साहित्य-कला
ppp 2