STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गायक तथा सन्चारकर्मि सुरज ब्यञ्जनकारको सहभागीतामा वडा नं ९ पुरस्कृत

Janjati Khabar – गायक तथा सन्चारकर्मि सुरज ब्यञ्जनकारको सहभागीतामा वडा नं ९ पुरस्कृत | २०७९ पौष १६, शनिबार

ओउक्रु नेपाल oucru Nepal को आयोजनामा सम्पन्न भएको "World Antimicrobial Awareness Week - 2022” को सुखद् उपलक्ष्यमा भएको एन्टिबायोटिक सम्बन्धि गीत प्रतियोगितामा ललितपुर महानगरपालिका वडा नंं. ९  प्रथम पुरस्कार जित्न सफल भएको छ । 

प्रथम हुने वडा नं. ९ टिममा  गायनमा ख्याति कमाउनु भएका सुरज ब्यञ्जनकार का साथमा राजकुमार महर्जन , सिद्धी महर्जन, विन्देश्वरी शाक्य , रसिता अवाले ले स्वर दिनु भएको थियो भने तवलामा नवीन शाक्य ले साथ दिनु भएको थियो । यस गीत रचना/संगीत सुरज ब्यञ्जनकार रहेको छ ।

सो प्रतिस्पर्धामा वडा नं. १३ ले दोश्रो र  वडा नं. ७ ले तेस्रो पुरस्कार जित्न सफल भएका थिए । oucru Nepal निर्देशक अभिलाषा कार्कीज्युबाट नगद पुरस्कार सहित प्रमाणपत्र  वितरण गरिएको उक्त गीत प्रतियोगिता वडा नं. ६, ७,९,१७,१३ र २५ वडा गरि जम्मा ६ वटा वडाले सहभागिता जनाएको थियो ।  कार्यक्रम लगनखेल स्थित ललितपुर मलको हलमा भएको हो ।

Categorized in साहित्य-कला