relans
ni new 83
nib 2082 5

गंकी धुस्वां–वसुन्धरा पुरस्कार कोरोनाको कारण स्थगित

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष २९, बिहिबार

गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानद्वारा गर्ने भनिएको पुरस्कार वितरण कार्यक्रम हाललाई स्थगित गरिएको कुरा एक विज्ञप्ति मा्र्फत जानकारी गराएको छ ।

सो प्रतिष्ठानद्वारा यही मिति २०७८ माघ १ गते शनिबारका दिन एक समारोहको आयोजना गरि उपन्यास विधामा दिइने ‘गंकी धुस्वां–वसुन्धरा पुरस्कार’ तथा कला क्षेत्रका विशिष्ट व्यक्तित्वलाई दिइने ‘धुस्वां साय्मि सिर्जना पुरस्कार’ विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तेस्रो लहरको तीब्र संक्रमणको कारण उत्पन्न जोखिमलाई दृष्टिगत गरी नेपाल सरकारद्वारा सार्वजनिक सभा, समारोह गर्न निषेध भनि जारी गरिएको मापदण्डलाई आधार मानी हाललाई सो पुरस्कार वितरण कार्यक्रम स्थगित गरिएको जानकारी गराएको हो ।

उक्त पुरस्कार पछि समय अनुकूल र संक्रमणको परिस्थितिलाई दृष्टिगत गरि प्रदान गरिने प्रतिष्ठानको बैठकले निर्णय गरेको कुरा गंकी धुस्वां–वसुन्धरा प्रतिष्ठानका सचिव प्रतिसरा साय्मिले   जानकारी गराएको हो ।

सो प्रतिष्ठानद्वारा प्रत्येक दुई वर्षमा प्रदान गरिंदै आएको दुईवटा पुरस्कारमध्ये गंकी धुस्वां–वसुन्धरा पुरस्कार’ यस वर्ष ‘द्रोपदी अवशेष’ को लागि चर्चित उपन्यासकार नीलम कार्की निहारिका र धुंस्वां साय्मि सिर्जना पुरस्कार कला र संगीत क्षेत्रका विशिष्ट व्यक्तित्व साथै सक्रिय वरिष्ठ कलाकार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने निर्णय गरिएको थियो ।

No description available.

Categorized in साहित्य-कला
ppp 2